मुख्य समाचार
लिलले रियललाई १-० ले पराजित
लिलले रियललाई १-० ले पराजित

। स्पानिस महारथी क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब लिलसँग स्तब्ध भएको छ ।

बुधबार राति भएको लिग चरणको खेलमा लिलले रियललाई १-० ले पराजित गरेको हो ।




लिलका लागि जोनाथन डेविडले पहिलो हाफको इन्जुरी टाइम पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए र त्यही गोल जितका लागि निर्णायक बन्यो ।

यस सिजन लिगमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो । यस्तै २०२३ मे पछि च्याम्पियन्स लिगमा रियलको यो पहिलो हार हो ।




लिल पहिलो खेलमा स्पोर्टिङ सिएफसँग पराजित भएको थियो । रियलले पहिलो खेलमा भिएफबी स्टुटगार्डलाई पराजित गरेको थियो । २ खेलबाट दुवै टोलीले समान ३ अंक छ । गोल अन्तरका आधारमा रियल १७औं र लिल १८औं स्थानमा छ ।

यसपटक फरक शैलीमा भइरहेको च्याम्पियन्स लिगमा ३६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यस्तै अर्को स्पानिस टोली एट्लेटिको मड्रिड पोर्चुगिज क्लब वेनफिकासँग ४-० को फराकिलो अन्तरले पराजित भएको छ ।

वेनफिकाका लागि केरेम अक्टुरकोग्लु, एन्जल डि मारिया, अलेजान्डर बाह र ओर्कुन कोक्चुले १-१ गोल गरे ।

वेनफिकाको यो लगातार दोस्रो जित हो । २ खेलबाट ६ अंकसहित वेनफिका तेस्रो स्थानमा छ । पहिलो हार व्यहोरेको एट्लेटिको ३ अंकसहित २३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित