मुख्य समाचार
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास

। नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ ।

काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।




काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७ प्रतिशत विद्यार्थी सफल भएका छन् ।

मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यीमध्ये ५७९ जना उत्तीर्ण भए भने ३९ जना अनुपस्थित रहे । थप तीन जनाको नतिजा विचाराधीन राखिएको छ ।




डेन्टल विभागतर्फ ३०६ जना आवेदकमध्ये २९६ जनाले परीक्षा दिएका थिए । जसमध्ये २१६ जना उत्तीर्ण भए भने १० जना परीक्षार्थी अनुपस्थित रहे ।

यस वर्षको परीक्षा असोज १३ गतेदेखि १६ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन भएको थियो ।

देशव्यापी बाढी र पहिरोका कारण यात्रामा कठिनाइ भोगेका परीक्षार्थीहरूलाई ध्यानमा राख्दै काउन्सिलले असोज १५ गतेको दिउँसो र १६ गतेको बिहानी सत्रमा छुटेका परीक्षार्थीलाई विशेष अवसर प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...