मुख्य समाचार
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६ प्रतिशत पास

। नेपाल मेडिकल काउन्सिलद्वारा सञ्चालित ७०औं चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको छ ।

काउन्सिलका अनुसार यस वर्षको परीक्षामा कुल ५५.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।




काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवको अनुसार, मेडिकल तर्फ ५१.४ प्रतिशत र डेन्टल तर्फ ७२.९७ प्रतिशत विद्यार्थी सफल भएका छन् ।

मेडिकल विभागमा १,१६८ जनाले आवेदन दिएकोमा १,१२९ जनाले परीक्षामा सहभागिता जनाएका थिए । यीमध्ये ५७९ जना उत्तीर्ण भए भने ३९ जना अनुपस्थित रहे । थप तीन जनाको नतिजा विचाराधीन राखिएको छ ।




डेन्टल विभागतर्फ ३०६ जना आवेदकमध्ये २९६ जनाले परीक्षा दिएका थिए । जसमध्ये २१६ जना उत्तीर्ण भए भने १० जना परीक्षार्थी अनुपस्थित रहे ।

यस वर्षको परीक्षा असोज १३ गतेदेखि १६ गतेसम्म पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन भएको थियो ।

देशव्यापी बाढी र पहिरोका कारण यात्रामा कठिनाइ भोगेका परीक्षार्थीहरूलाई ध्यानमा राख्दै काउन्सिलले असोज १५ गतेको दिउँसो र १६ गतेको बिहानी सत्रमा छुटेका परीक्षार्थीलाई विशेष अवसर प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाल–भारत सीमा जोड्ने कोशी प्रदेशका पाँच नाका क्रमशः खुकुलिन थालेका छन्
— वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आफू बिरामीकै सेवामा लाग्ने बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै डा. रुइतले आफूलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरे पनि आफू नेपाली र संसारभरका बिरामीको सेवामा लाग्ने बताएका हुन् । 'लामो चिकित्सकीय यात्राका क्रममा मलाई सबै तह र तप्काका ...
अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्न सरकारलाई आग्रह
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन