मुख्य समाचार
बाढी पहिरोमा घाइते भएकामध्ये ३५ को उपचार जारी, ६६८ जनाको निशुल्क उपचार
बाढी पहिरोमा घाइते भएकामध्ये ३५ को उपचार जारी, ६६८ जनाको निशुल्क उपचार

: बाढी पहिरोबाट घाइते भएका १०८ जनामध्ये ७३ जना डिस्चार्ज भएका छन्। विभिन्न जिल्लामा उनीहरूको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।



मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार घाइतेमध्ये ५६२ जनाले ओपीडीमार्फत सेवा लिएका थिए। अन्तरंग सेवा लिएका १०८ मध्ये केहीको शल्यक्रियासमेत गर्नुपरेको प्रवक्ता बुढाथोकीले बताए। घाइते सबैलाई निशुल्क उपचार गरिएको प्रवक्ता बुढाथोकीको भनाइ छ।

बाढी पहिरोबाट २१ जिल्लाका स्वास्थ्य संस्थाहरूमा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो विवरणअनुसार ५२ वटा स्वास्थ्य संस्थामा सामान्य र ५ वटामा पूर्णरूपमा क्षति पुगेको छ। यद्यपि, स्वास्थ्य सेवा भने प्रवाह भइरहेको मन्त्रालयले जानकारी दिएको छ।




मन्त्रालयले बाढी पहिरोका कारण पानीका स्रोतहरू प्रदूषि हुने भएकाले सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। किटजन्य, श्वासप्रस्वास, छालाजन्य र मानसिकजस्ता समस्या पनि देखिनसक्ने भन्दै सचेतना अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको धरानमा रगतको अभाव भएको छ। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगतको अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान परिसरभित्र सञ्चालन गरेको ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको रगत अभाव भएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए। उनले बी पोजेटिभ, एबी पोजेटिभ, ओ ...
बागलुङ — ढोरपाटन क्षेत्रमा दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने भएको छ । उमेर समूहअनुसार जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । तर, यहाँका बालबालिकाले समयमा खोप लगाएको हो वा होइन भन्ने यकिन नभएको र विविध कारणले गाउँमै संक्रमण फैलिएपछि खोप ...
: दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट पनि दिने गरि दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता गरिएको छ । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती ...
: नवलपुरमा आगामी फाल्गुन २९ गतेदेखि जापानिज इन्सेफलाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सुरु गरी करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको कार्यालय प्रमुख केशब चापागाईंले बताए। हाल देशभरिका ७७ जिल्लामध्ये नवलपुरमा मात्र यो विशेष अभियान सञ्चालन हुन लागेको ...
। काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ...