मुख्य समाचार
इरानद्वारा इजरायलमा १८० क्षेप्यास्त्र प्रहार : त्यसको मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी
इरानद्वारा इजरायलमा १८० क्षेप्यास्त्र प्रहार : त्यसको मूल्य चुकाउनुपर्ने नेतन्याहूको चेतावनी

इरानले इजरायलमा लगभग १८० क्षेप्यास्त्र प्रहार गरेको छ। प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रलाई इजरायली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरेको इजरायली सेनाले जनाएको छ।

प्रहारबाट केही सैन्य अखडा तथा रेस्टुराँ र विद्यालयमा क्षति पुगेको बताइएको छ।


इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेकोले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।
मन्त्रीपरिषद् बैठकमा नेतन्याहूले इजरायलले इरान र अन्य शत्रुविरुद्ध जबाफ दिने दृढता उल्लेख गरे।

इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इरानको शान्ति र सुरक्षाको उद्देश्यले हमदा गरिएको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले हमलालाई 'इरान र नागरिकको प्रतिरक्षा' का लागि इजरायललाई दिइएको एउटा 'निर्णायक' जबाफ भएको बताएका छन्।

नेतन्याहूललाई सम्बोधन गर्दै उनले इरान जुनसुकै खतराविरुद्ध जोडदार रूपले खडा हुने कुरा इजरायली प्रधानमन्त्रीले बुझ्नुपर्ने बताए।

उनले ती हमला इरानको क्षमताको केही झलक मात्र रहेको भन्दै इरानसँग द्वन्द्वमा संलग्न नहुन चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...