मुख्य समाचार
रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैतर्फ नेपालले हार व्यहोरे
रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैतर्फ नेपालले हार व्यहोरे

। नेपालका महिला र पुरुष दुवै टोलीले एशिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को पहिलो खेलमा पराजय व्यहोरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार भएको रग्बी सेभेन्स ट्रफीमा पुरुष र महिला दुवैतर्फ नेपालले हार व्यहोरेको हो ।




समूह ‘बी’ मा रहेको नेपाली पुरुष टोलीले पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० र दोस्रो खेलमा बहराइनसँग २७–७ स्कोरमा हार व्यहोर्‍यो । उज्वेकिस्तानले चार ट्राइ र दुई कनभर्जनबाट फराकिलो नतिजा आत्मसात गर्‍यो ।

बहराइनले भने पाँच ट्राइ र एक कनभर्जन गर्दै समूहको शीर्ष दुईको सम्भावना बलियो बनायो । नेपालका रोहन डंगोल ट्राइमा रहँदा बहराइनले ‘हाइ ट्याकल’ गर्‍यो ।




सोहीअनुरूप नेपालले पेनाल्टी ट्राइमार्फत सात अंक बटुलेको हो । लगातार दोस्रो हारसँगै नेपाली पुरुष टोली बल च्याम्पियनसिपका लागि खेल्ने भएको छ ।

समूह ‘ए’ मा रहेको नेपाली महिला टोलीले पनि फिलिपिन्स र ग्वामसँग हार व्यहोर्‍यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । फिलिपिन्सले सात ट्राइ र एक कनभर्जन गर्‍यो । नेपाल दोस्रो खेलमा ग्वामसँग पनि ५–१७ को स्कोरमा पराजित भयो ।

ग्वामले तीन ट्राइ र एक कनभर्जनमा सफलता पाउँदा नेपालकी कप्तान सृजना राईले एक ट्राइ गरिन् ।

नेपालले शुक्रबार नै समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । महिला टोलीले पनि दुई हारसँगै बल च्याम्पियनयनसिप खेल्ने भएको छ ।

शुक्रबार भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीलाई ३९–७, श्रीलंकाले काजकिस्तानलाई ४३–०, भारतले बंगलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको हो । चाइनिज ताइपेइले अफगानिस्तालाई ७–२६ को स्कोरमा पराजित गर्‍यो ।

महिलातर्फ पहिलो खेलमा उज्वेकिस्तानले ग्वामलाई १९–१२ को स्कोरेले पराजित गरेको हो । पुरुषतर्फ भारतले श्रीलंकालाई २९–१० को स्कोरमा पराजित भएको थियो ।पुरुषतर्फ नै जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो ।

प्रतियोगितामा १६ राष्ट्रको २१ टोलीको सहभागिता छ । प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित