मुख्य समाचार
फिल्म खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई कारवाही गर्ने बोर्डको चेतावनी
फिल्म खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई कारवाही गर्ने बोर्डको चेतावनी

। मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको छ ।

यतिबेला ‘बेहुली फ्रम मेघौली’सहित अन्य फिल्मका दृश्य खिचेर टिकटक, रिल्स लगायतका सामाजिक संजालमा पोस्ट गरिएको भन्दै निर्माताले गुनासो गरिरहेका छन् । टिकटकमा यी फिल्मका महत्वपूर्ण दृश्य नै अपलोड गरिएको भेटिएको छ ।


बोर्डले भनेको छ, ‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य मुख्य अंशहरुको भिडियो सामाजिक संजालभरि ब्याप्त भैरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’

चलचित्रको मुख्य अंशहरुको अनाधिकृत दुरुपयोगबाट चलचित्र निर्माताहरुको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मिहेनत डुब्न जाने अवस्था रहने बोर्डको भनाइ छ । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानूनी रुपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानूनीरुपमा दण्डनिय अपराध रहेको बोर्डले बताएको छ ।




त्यस्ता दृश्य अपलोड गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ ।

फिल्म हलभित्र मोबाइल, क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीको प्रयोग नगर्नु नगराउन समेत बोर्डले आग्रह गरेको छ ।

दर्शकले मोबाइलबाट फिल्म खिच्ने गरेको गुनासो बढ्न थालेपछि बोर्डले हल संचालकको छाता संस्था चलचित्र संघलाई निर्देशनसहितको पत्र काटिएको अध्यक्ष दिनेश डीसीले बताए । ‘कडिकडाउ गर्नु भनेर पत्र पठाएका छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...