मुख्य समाचार
फिल्म खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई कारवाही गर्ने बोर्डको चेतावनी
फिल्म खिचेर सामाजिक सञ्जालमा हाल्नेलाई कारवाही गर्ने बोर्डको चेतावनी

। मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको छ ।

यतिबेला ‘बेहुली फ्रम मेघौली’सहित अन्य फिल्मका दृश्य खिचेर टिकटक, रिल्स लगायतका सामाजिक संजालमा पोस्ट गरिएको भन्दै निर्माताले गुनासो गरिरहेका छन् । टिकटकमा यी फिल्मका महत्वपूर्ण दृश्य नै अपलोड गरिएको भेटिएको छ ।


बोर्डले भनेको छ, ‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य मुख्य अंशहरुको भिडियो सामाजिक संजालभरि ब्याप्त भैरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’

चलचित्रको मुख्य अंशहरुको अनाधिकृत दुरुपयोगबाट चलचित्र निर्माताहरुको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मिहेनत डुब्न जाने अवस्था रहने बोर्डको भनाइ छ । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानूनी रुपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानूनीरुपमा दण्डनिय अपराध रहेको बोर्डले बताएको छ ।




त्यस्ता दृश्य अपलोड गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ ।

फिल्म हलभित्र मोबाइल, क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीको प्रयोग नगर्नु नगराउन समेत बोर्डले आग्रह गरेको छ ।

दर्शकले मोबाइलबाट फिल्म खिच्ने गरेको गुनासो बढ्न थालेपछि बोर्डले हल संचालकको छाता संस्था चलचित्र संघलाई निर्देशनसहितको पत्र काटिएको अध्यक्ष दिनेश डीसीले बताए । ‘कडिकडाउ गर्नु भनेर पत्र पठाएका छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत जुन २०मा रिलिज भएको फिल्म ‘सितारे जमीन पर’ सफल हुनुको पछाडि होला ? हालै सम्पन्न भएको ‘हिन्दुस्तान टाइम्स लिडरशिप समिट’मा सहभागी भएका अभिनेता आमिर खानले यसबारे बताए । उनीसँग सोधिएको थियो, ‘आजकल थिएटरमा दर्शक कसरी ल्याउने ?’ एक्सन, सुपरहिरो वा भव्य फिल्मबाहेक अरू थिएटरमा चल्दैनन् भन्ने मान्यता बलिउड वृत्तमा देखिएको बेला आमिरले अर्थपूर्ण जवाफ दिए ...
। नेटफ्ल्क्सिले सय वर्ष पुरानो हलिउडको चर्चित फिल्म स्टुडियो वार्नर ब्रदर्स डिस्कभरीलाई किनेको छ । यी दुईले शुक्रबार एक सम्झौताको घोषणा गरेका छन्, जसअन्तर्गत नेटफ्लिक्सले वार्नर ब्रदर्स, यसको फिल्म र टिभी स्टुडियोहरू, एचबीओ म्याक्स र एचबीओसहितलाई अधिग्रहण गर्नेछ । ८२.७ अर्ब अमेरिकी डलर (ऋण समावेश) सहित ७२ अर्ब डलर इक्विटी मूल्यमा आफूले प्रतिष्ठित स्टुडियो किनेको नेटफ्ल्क्सिले जनाएको ...
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...