। तीव्र गतिका बलर रुपेश सिंह १० लाख रुपैयाँमा जनकपुर बोल्ट्समा पुगेका छन् ।
चितवन बाहेक अन्य सबै टोलीले अक्सनमा मूल्य लगाएका थिए । क्याटेगोरी बी मा न्यूनतम ५ मूल्य राखेका उनलाई ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । चिट्ठाबाट जनकपुरले पाएको हो ।
मधेशबाट खेल्ने उनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । घरेलु क्रिकेटमा उनले लगातार पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यर्सैको कारण महँगो मूल्य पाएका हुन् ।