मुख्य समाचार
नेपाल प्रिमियर लिग अक्सनमा भाग्यमानी बनेका तीन टोली
नेपाल प्रिमियर लिग अक्सनमा भाग्यमानी बनेका तीन टोली

। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । अक्सनमा लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स र कर्णाली याक्स भाग्यमानी मानिए ।

रोहित पौडेल मार्की र शक्ति गौचन कन्सल्टेन्स प्रशिक्षक रहेको लुम्बिनीले ए ग्रेडका तीन खेलाडी लक्की ड्र मार्फत पाएको थियो । स्पिनर सूर्य तामाङ, विवेक यादव र सन्दीप जोरालाई उच्चतम १५ लाखमा लक्की ड्रमा लुम्बिनी भित्र्याउन सफल भयो ।




बायाँ हाते स्पिन सूर्यले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट बलिङ गर्दै आएका छन् । विवेक फिनिसरसँगै तीव्र गतिका बलर हुन् । सन्दीप जोरा मध्यक्रमका ब्याटर हुन् । विवेक र सन्दीप दुबै टी–२० विशेष खेलाडी मानिन्छन् ।

लुम्बिनीले त्यति मात्रै होईन, ग्रेड बी का आशुतोष घिरैया र स्पिनर तिलकराज भण्डारीलाई पनि उच्चतम मूल्य १० लाखमा लक्की ड्र मा पाउन सफल भयो ।




‘हामीले अक्सनमा जे सोचेका थियौं त्यस्तै भयो । ए ग्रेडका तीनै खेलाडी पाउनु सौभाग्य हो । आइतबार दशैंको चौथो दिन र चार नम्बर मलाई जहिले पनि फाप्छ’, लुम्बिनीका मालिक ईश्वर जी.सीले भने ।

अक्सनमा लुम्बिनीले गुल्सन झालाई मूल्य नै लगाउन पाएन । किनभने उनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडी पुगेका थिए ।

‘गुल्सनलाई एकदमै ठूलो मिस गर्यौ । सबैभन्दा बढी आज अक्सनमा हर्षितका पलहरु धेरै थिए । एउटा धेरै ठूलो मन दुखाइ भनेको गुल्सनलाई मूल्य लगाउन नपाउनु थियो’, जी.सीले भने ।

लुम्बिनीको ब्याटिङमा रोेहित, विवेक, सन्दीप, आशुतोष र अर्जुन साउद छन् । विकास आग्री, दिनेश अधिकारी र दुर्गेश गुप्ता तीव्र गतिका बलर हुन् । स्पिनरमा सूर्य, तिलक र अभिषेक गौतम छन् ।



लुम्बिनीमा भएका तीनै तीव्र गतिका बलरले नेपालको टोलीबाट खेलेका छैनन् । घरेलुमा मात्रै अनुभव हुँदा तीव्र गतिका बलिङ कमजोरी देखिन्छ । उक्त स्थानमा विदेशी खेलाडीबाट पुर्ती गर्ने जि.सी बताउँछन् ।

उता कर्णाली याक्सले सबैले चाहेको तीव्र गतिका बलर गुल्सन झालाई पायो । गुल्सन तीव्र गतिसँगै तल्लोक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछन् । अर्कोतर्फ आफ्नै स्थानीय विकेटकिपर ब्याटर अर्जुन घर्तीलाई पनि लक्की ड्र मार्फत १० लाखमा पाएको थियो । कर्णालीबाट घरेलु क्रिकेट खेल्ने अर्जुनलाई किन्न काठमाडौं, विराटनगर र कर्णाली अक्सनमा भिडेका थिए ।

कर्णालीको टोली सन्तुलित देखिन्छन् । तीव्र गतिका बलरमा सोमपाल कामी, गुल्सन झा र नन्दन यादव छन् । गुल्सन र सोमपाल पहिलो रोजाईका नेपाली खेलाडी हुन् । नन्दन अष्ट्रेलियामा रहेर निरन्तर अभ्यास गरेका छन् । अवको नेपालको भविष्य मानिन्छन् ।



भुवन कार्की, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, मौशम ढकाल छन् । ब्याटिङमा देव खनाल, अर्जुन घर्ती, रित गौतम र दीपक डुम्रे छन् । त्यसैले कर्णाली ब्याटिङमा कमजोर देखिन्छ ।

‘अक्सन राम्रो नै भयो । सुरुवातमा राम्रो भएको थिएन । लक्की ड्र मा ७ मा नै गुमायौं । तर दोस्रो हाफ हाम्रो लागि एकदमै लाभदायी रह्यो,’ कर्णालीका निर्देशक तथा मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले भने ।

‘ब्याटिङमा अलराउण्डरको रुपमा हेर्ने हो भने हामीसँग स्टेन्थपनि छ । गुल्सन र सोमपालबाट आशा गर्न सकिन्छ । ब्याटिङ अलीकति कमजोर देखिन्छ । तर उपाधि जित्नु छ भने हाम्रो खेलाडी नै चल्न आवश्यक छ’, ज्ञानेन्द्र मल्लले भने, ‘ए क्याटेगोरीका ब्याटर पर्खे पनि पाएनौं । विदेशी खेलाडी अब त्यही अनुसार ल्याउँछौं ।’

गुल्सन मात्रै नभएर सबै खेलाडी त्यति नै योग्य रहेको मल्ल बताउँछन् । ‘गुल्सन टोलीमा हुनु एकदमै राम्रो हो । तर अरुपनि खेलाडी त्यति नै योग्य नै छन् । क्रिकेटमा नामले मात्रै काम गर्दैन । हामी प्रदर्शनको अपेक्षा गर्दछौं,’ उनले भने ।

उता जनकपुर बोल्ट्स पनि अक्सनमा भाग्यमानी देखियो । सबै टोलीले मूल्य लगाएको विकेटकिपर अनिल साहलाई लक्की ड्र मार्फत १५ लाखमा पाएको थियो ।



त्यति मात्रै होइन स्पिनर ललित राजवंशी पनि लक्की ड्र मार्फत १५ लाखमा पायो । मधेशबाट घरेलु क्रिकेट खेल्ने तीव्र गतिका बलिङ अलराउण्डर रुपेश सिंहलाई पनि जनकपुरले लक्की ड्रमा १० लाखमा पाएको थियो ।

‘एक दुई जना पुरानो खेलाडीलाई हामीले लिन सकेनौं । हामीले लक्षित गरेका धेरै खेलाडी पायौं । खुसी छौं । अनिललाई पाउँदा एकदमै लक्की मान्छौं’, जनकपुरका मालिक उत्सव सिंग्देलले भने ।

लुम्बिनीसँग ब्याटरमा अनिल साह, आसिफ शेख, शुभ कंस्कार र आकाश त्रिपाठी छन् । शीर्षक्रम राम्रो हुँदा मध्यक्रम र फिनिसरमा भने विदेशी खेलाडीबाट पूर्ति गर्नुपर्ने हुन्छ ।

‘ठूला नाम भन्दा पनि खेलाडीलाई बिग बनाउने सोच राख्छौं । हाइलाइट भन्दा पनि उदयमान विदेशी खेलाडी देख्न पाइन्छ । हाम्रो अमेरिकाको बेस हुँदा केही खेलाडी त्यहाँबाट आउँछन्’, उत्सवले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित