मुख्य समाचार
मनसुनी प्रणाली नेपालमा कमजोर हुँदै
मनसुनी प्रणाली नेपालमा कमजोर हुँदै

। वर्षा गराउने मनसुनी प्रणाली नेपालमा कमजोर हुँदै गएको छ । त्यसैले अब विगतको जस्तो ठूलो वर्षा नहुने मौसमविद्को भनाइ छ ।

सुदूरपश्चिम प्रदेशबाट त केही दिनमै मनसुन बाहिरिनसक्ने सम्भावना छ । तर देशभरबाट पूर्णरुपमा मनसुन बाहिरिने सम्भावना भने तत्काल छैन ।




‘अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णालीका हिमाली र पहाडी जिल्लामा मौसम सफा छ । धेरैले धान काट्ने, भित्राउने गर्न थाल्यौं भन्नुभएको छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हाम्रो सिस्टमले पनि सुदूरपश्चिम र कर्णालीमा छिट्टै मनसुन बाहिरिने सम्भावना रहेको देखाउँछ ।’

पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ ।




सुदूरपश्चिम र कर्णालीमा मनसुनी वायु कमजोर भए पनि अन्य प्रदेशमा मनसुनी वायुलाई धकेल्न सकेको देखिँदैन । त्यसैले लुम्बिनीदेखि पश्चिमतिर मनसुनको प्रभाव कायमै देखिन्छ ।

गत २४ घण्टामा लुम्बिनीको दाङ घोराही र कोशी प्रदेशको झापा दमकमा भारी वर्षा पनि भएको छ । काठमाडौंको बुढानीलकण्ठमा मध्यम खालको वर्षा भएको छ ।

हल्का खालको वर्षा त लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै जिल्लामा भएको छ । यी प्रदेशहरुमा लगभग यस्तै अवस्था आज पनि रहने पूर्वानुमान छ ।

भारतको त्यो नक्सा

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक (असोज ७ गते) देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको छ ।

उसले जारी गरेको अद्यावधिक नक्सामा अरब सागरको केही भाग र मध्य प्रदेशका केही भागबाट मनसुन बाहिरिएको देखिन्छ । यसक्रममा उत्तरप्रदेशका केही भाग, पन्जाब, हरियाणा जम्मुकाश्मिर, हिमाञ्चल र उत्तराखण्डका केही भागबाट मनसुन बाहिरिसकेको छ ।

भारतको मौसम विभागले सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको सुदूरपश्चिमका केही भागबाट पनि मनसुन बाहिरिएको देखाइएको छ । तर नेपालका मौसमविद्हरु भने यो कुरामा सहमत छैनन् ।

नेपालको जल तथा मौसम विज्ञान विभागका मौसमविदले नेपालमा मनसुन कायमै रहेको जानकारी भारतीय मौसमविद्हरुलाई गराएका छन् ।



मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘भारतको मौसम विज्ञान विभागले नक्सामा देखाएको जस्तो नेपालबाट मनसुन बाहिरिन अझै सुरु भएको छैन । यसबारेमा हामीले भारतीय मौसमविद्हरुलाई भनिसकेका पनि छौं ।’

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि नेपालको भूभागबाट मनसुन बाहिरिएको देखिने भारतको नक्सामा असहमति जनाएका छन् । उनका अनुसार नेपालको पश्चिमी भूभागमा पूर्वी हावा कायमै छ ।

मनसुन दशैंभरि रहने भएकाले बेला-बेला हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ। आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको ...
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...