मुख्य समाचार
पहिरोमा मृत्यु भएका ६ खेलाडीको परिवारलाई एन्फाले ८ लाख दिने
पहिरोमा मृत्यु भएका ६ खेलाडीको परिवारलाई एन्फाले ८ लाख दिने

। १२ असोजमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिपरिवार ८ लाख रुपैयाँ दिने भएको छ ।

आइतबार बसेको एन्फाको आपतकालीन बैठकले मकवानपुरको सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिकिरहेका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको परिवारलाई जनही ८ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।


त्यस्तै प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने पनि एन्फाको निर्णय छ । एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

एन्फाले बालकहरुको मृत्युको घटना छानबिन गर्न एन्फाले केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजक रहेको समिति गठन गरेको छ ।


समितिमा केन्द्रीय सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई सदस्य छन् । उनीहरुलाई सत्यतथ्य सहित प्रतिवेदन दिन एक महिनाको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित