मुख्य समाचार
जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने
जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने

। भारतीय गायक जुबिन नौटियालले मंसिर २९ गते पहिलोपटक नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । बलिउडका चर्चित पार्श्व गायक समेत रहेका उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिएका छन् ।

काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा उनको लाइभ प्रस्तुति रहने जनाइएको छ । यो च्यारिटी कन्सर्टबाट प्राप्त हुने रकम अटिजम भएका व्यक्तिका लागि खर्च गरिने भएको छ ।


एन-अटिजम केयर फाउण्डेसनले कन्सर्ट आयोजना गरेको हो । सन् २०१४ मा रिलिज भएको बलिउड फिल्म ‘सोनाली केबल’मा पार्श्व गायन गर्दै सांगीतिक करिअर थालेका नौटियालले नेपाली फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा समेत स्वर दिएका छन् ।

उनले गाएको फिल्म ‘शेरशाह’को गीत ‘रात लम्बियाँ’, अर्को फिल्म ‘बजरंगी भाइजान’को ‘जिन्दगी कुछ तो बता’, ‘तु सुरज में साँझ’ लागयत हिट छन् । यी गीतका लागि उनले आइफा, फिल्मफेयर र मिर्ची अवार्ड जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...