मुख्य समाचार
‘विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिस स्थानान्तरण
‘विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिस स्थानान्तरण

। ‘विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेको छ । यसअघि बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए ।

बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।




आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिस निकाल्ने समय अब सकिएको छ र लाखौं मानिस पहिले नै आफ्नो घर छोडेर भागेका छन् ।




विपदमा राजनीति

यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरूद्ध डोनाल्ड ट्रम्पको कथित प्रचारको आलोचना गरेका थिए ।

राष्ट्रपति बाइडेनले यो श्रेणी ५ को आँधी शताब्दीमा राज्यमा आइपररेको सबैभन्दा भीषण प्राकृतिक विपत्ति हुनसक्ने चेतावनी दिएका छन् । सम्भावित प्रभावितलाई आग्रह गर्दै बाइडेनले मंगलबार नै भनेका थिए, ‘यो जीवन र मृत्युको कुरा हो, अतिशयोक्ति होइन ।’

राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले हेलेन आँधीपछिको आपत्कालीन प्रतिक्रियाबारे निराशाको फाइदा उठाएका छन् । उनले विपद् रकम आप्रवासीहरूमा खर्च गरिएको झुटो दाबी गर्दै गलत सूचना फैलाएर यसलाई बढावा दिएका हुन् ।

बाइडेनले ट्रम्पको टिप्पणीलाई ‘गैरअमेरिकी’ भनेर आलोचना गरेका छन् भने उपराष्ट्रपति कमला ह्यारिसले सङ्घीय प्रतिक्रियामा गलत सूचनाको खतराबारे चेतावनी दिए ।
‘यो घटिया छ, के तपाईँलाई अरु मानिसको कष्टप्रति कुनै सहानुभूति छैन ? यदि तपाईँ नेता बन्न चाहनुहुन्छ भने के तपाईँको उद्देश्यको कुनै बुझाइ छैन’, ह्यारिसले लेट–नाइट टक शो होस्ट स्टिफेन कोलबर्टसँगको अन्तरवार्तामा ट्रम्पलाई चुनौती दिँदै भनिन् ।

खतरनाक आँधीको पूर्वानुमान

बुधबार बिहान (९ः०० जिएमटी) सम्म मिल्टन टाम्पाको चार सय ८५ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो र राष्ट्रिय आँधी केन्द्र (एनएचसी) का अनुसार यसले दुई सय ६० किलोमिटर प्रतिघन्टाको अधिकतम निरन्तर हावा उत्पन्न गरिरहेको थियो ।

‘मिल्टन विनाशकारी श्रेणी ५ को आँधीका रूपमा रहेको छ’, आँधी बुधाबार राति फ्लोरिडाको खाडी तटमा आउने भविष्यवाणी गर्दै एनएचसीले भनेको छ, ‘यो फ्लोरिडाका पश्चिम–मध्य तटमा पुग्दा अत्यन्तै खतरनाक आँधीका रूपमा रहने अपेक्षा गरिएको छ ।’

टाम्पा सहरका मेयर जेन क्यास्टरले बासिन्दाहरूलाई चेतावनी दिँदै भने, ‘यदि तपाईँ खाली गर्नुपर्ने क्षेत्रहरूमध्ये एकमा बस्न रोज्नुहुन्छ भने तपाईँ मर्नुहुनेछ ।’

वायुसेवाहरूले टाम्पा, अर्लान्डो, फोर्ट मायर्स र सारासोटाबाट अतिरिक्त उडानहरू थपेका छन् । राजमार्गहरूमा ट्राफिक जाम भएका थिए भने पेट्रोल पम्पहरूमा इन्धन सकिएको थियो ।

आँधी विशेषज्ञ माइकल लोरीले करिब ३० लाख बासिन्दा भएको टाम्पा क्षेत्रमा मिल्टनको आँधीको वृद्धिको चेतावनी दिंदै भने, ‘दुई साताअघि हेलेन आँधीको समयमा देखिएको आँधीको वृद्धिको स्तरलाई दोब्बर बनाउन सक्छ ।’ हेलेन आँधीले ठूलो बाढी ल्याएको थियो ।

नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनअघि आँधी राहत प्रयासहरू राजनीतिक युद्धभूमिका रूपमा देखिँदा बाइडेनले सङ्घीय प्रतिक्रियाको निरीक्षण गर्न जर्मनी र अङ्गोलाको प्रमुख भ्रमण स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...