मुख्य समाचार
‘ओपेनहाइमर’ निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्म, म्याट डेमन शीर्ष भूमिकामा
‘ओपेनहाइमर’ निर्देशक क्रिस्टोफर नोलनको नयाँ फिल्म, म्याट डेमन शीर्ष भूमिकामा

। बहुचर्चित फिल्म ‘ओपेनहाइमर’बाट गतवर्ष अस्कर अवार्ड जितेका निर्देशक क्रिस्टोफर नोलनले नयाँ फिल्ममा युनिभर्सल स्टुडियोसँग सहकार्य गर्ने पक्का भएको छ ।

भेराइटी म्यागजिनका अनुसार ‘ओपेनहाइमर’ र ‘इन्टरस्टेलर’जस्ता फिल्ममा अभिनय गरेका स्टार अभिनेता म्याट डेमन शीर्ष भूमिकामा देखिन सक्छन् ।




नोलनकै पटकथा लेखन रहने यो फिल्मको निर्माणमा उनले एम्मा थोमससँग सहकार्य गर्ने र फिल्म सिन्कोप ब्यानरमा निर्माण हुने जनाइएको छ । ब्लकबस्टर ‘ओपेनहाइमर’ले सन् २०२४ को अस्करमा ७ विधा जितेको थियो भने विश्वब्यापी ९५८ मिलियन डलर कमाएको थियो ।

युनिभर्सलसँग नोलनको सहकार्यको चर्चा भैरहँदा यो खबर बाहिरिएको हो । स्रोतले भेराइटीलाई जनाएअनुसार युनिभर्सलले यो फिल्मलाई जुलाइ १७, २०२६ मा आइम्याक्ससहितका संस्करणमा रिलिजको तयारी गरेको छ । यद्यपि, कथावस्तुबारे युनिभर्सलले केही खुलाएको छैन ।




२० वर्षपछि ‘ओपेनहाइमर’ वार्नर ब्रोज स्टुडियो बाहिर नोलनको पहिलो फिल्म हो । वार्नर ब्रोजका लागि उनले सुपरहिट फिल्महरु ‘डार्कनाइट’, ‘डन्क्रिक’, ‘इनसेप्सन’जस्ता फिल्म निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— साहसिक जलयात्राका लागि विश्वकै उत्कृष्ट नदीनालामध्ये सातौं स्थानमा सूचीकृत भोटेकोशी र सुनकोशी नदी क्षेत्रमा हिउँदयाममै पर्यटकको चहलपहल लागेको छ। सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाकाअनुसार यहाँ कठ्याग्रिदो चिसोका बाबजुद नदीमा र्‍याफ्टिङ गर्ने आन्तरिक तथा विदेशी पर्यटक तानिएका छन् । बिहानदेखि नदीको छालसँग लुकामारी खेल्दै अघि बढ्ने र्‍याफबोट र साँझ अरनिको राजमार्गसँगै देखिने टेन्ट ...
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...