मुख्य समाचार
काभा यू-२० च्याम्पियनसीपमा नेपालको दोस्रो जित, माल्दिभ्स सोझो सेटमा पराजित
काभा यू-२० च्याम्पियनसीपमा नेपालको दोस्रो जित, माल्दिभ्स सोझो सेटमा पराजित

। नेपालले श्रीलंकाको कोलोम्बोमा जारी काभा पुरुष यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको छ।

च्याम्पियनसिपमा नेपालको तीन खेलमा यो दोस्रो जित हो। कोलम्बोमा मंगलबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-५, २५-१२, २५-२० ले सहजै पराजित गर्‍यो ।


दोस्रो जितपछि नेपालले ३ खेलबाट ६ अंक जोडेको छ। नेपालले यसअघि पहिलो खेलमा श्रीलंकालाई ३-० कै सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३-१ सेटको पराजित भएको थियो।

लगातार तीन खेलमा पराजित भएको माल्दिभ्स भने अंकबिहीन छ।माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलंकासँग पनि समान ३-० कै सेटमा पराजित भएको थियो ।


नेपालले आफ्नो चौथो खेलमा बिहीबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ भने शुक्रबार लिगको अन्तिम खेल तुर्कमिनेस्तानसँग खेल्नेछ ।

६ टोली सहभागि प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित