। मिल्टन आँधीमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।
बीबीसीका अनुसार आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना ती अधिकारीहरूले व्यक्त गरेका छन् ।
फ्लोरिडाको करिब २००० मानिस बस्ने एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ ।
बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी प्रवेश गरेपछि धेरै क्षेत्र डुबानमा परेका छन् ।
यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् कटौती भएको छ । फ्लोरिडाको सेन्ट पिटर्सबर्ग लगायतका स्थानमा पिउने पानी छैन। मिल्टन आँधीले गरेको विनाशपछि अरु पनि स्थानहरूको पानी आपूर्ति पनि प्रभावित भएको छ ।
यो आँधी घातक साबित हुन सक्ने र तीव्र हावाले अचानक बाढी निम्त्याउन सक्ने सरकारी निकायहरूले सचेत गराइरहेका छन् । उनीहरूका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।