: टेनिस स्टार रफायल नडालले सन्यासको घोषणा गरेका छन्। २२ पटक ग्र्यान्ड स्लाम जितिसकेका ३८ वर्षीय नडालले सन्यास लिने घोषणा गरेका हुन्।
यस वर्षको डेविस कपको फाइनल नै उनको करियरको अन्तिम खेल हुने बताइएको छ। 'तपाइँहरूलाई एउटा जानकारी दिलाउन चाहन्छु कि म व्यवसायिक टेनिसबाट सन्यास लिँदैछु,' भिडियो सन्देशमा उनले भनेका छन्।
उनले पछिल्ला केही वर्ष आफ्ना लागि निकै अप्ठ्यारो भएकाले आगामी दिनमा टेनिस खेल्नसक्ने सम्भावना नदेखिएको बताएका छन्।