मुख्य समाचार
३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक
३७ राष्ट्रलाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

: यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’ मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

विश्वका ३७ राष्ट्रका सेनालाई पछि पार्दै नेपाली सेनाले स्वर्ण जितेको हो। नेपाली सेनाका अनुसार अभ्यासमा १२१ अन्तर्राष्ट्रिय टोलीको सहभागिता थियो।

सेनाका अनुसार नेपालले नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— घोराहीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ ...
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् । रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि अध्यक्ष दाहालले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, 'मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष ...
— पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा ...
— मोटरसाइकल चोरीको अभियोगमा रूपन्देही प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सियारी गाउँपालिका–२ निवासी २६ वर्षीय शिव जयसवाल, १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, २४ वर्षीय शिवकुमार मल्लाह र २४ वर्षीय अनिल यादव छन् । यसै गरी, पाल्पाको माथागढी गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय अर्जुन ...
— तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ । एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा ...