मुख्य समाचार
सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध
सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध

। सुख्खा पहिरो खसेर अरनिको राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशैंका बेला ओहोरदोहोर गर्ने यात्रुहरु समस्यामा परेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।


राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधनहरुको लामो लाइन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो । विभागका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार काठमाडौं महानगरको कल सेन्टरमा 'बासी, सडेगलेका र किरा लागेका खाना बेच्यो' भनी गुनासो आएको थियो । उक्त ...
— नेपालजस्ता मुलुकहरुका लागि कार्वन व्यापार विकसित राष्ट्रहरुको छलछाममात्र भएको काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा. अच्युत वाग्लेले बताएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको नेपाल–भारत आर्थिक सम्मेलनमा शुक्रबार वाग्लेले यस्तो बताएका हुन् । काठमाडौं विश्वविद्यालय अन्तरगतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन)द्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनमा वाग्लेले ...
— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पहुँचका आधारमा योजना छनोट गर्ने चलनको अन्त्य गर्नुपर्ने बताएका छन् । कुनै पहुँचवाला वा शक्तिमा रहेको व्यक्तिको प्रभावका भरमा योजना तर्जुमा गर्न नहुने उनको भनाइ छ । काठमाडौंको कुलेश्वरस्थित जनमैत्री बहुमुखी क्याम्पसको ३४औ वार्षिक उत्सव कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै आवश्यकता र प्राथमिकतामा आधारमा छनोट भएका योजना मात्र प्रभावकारी ...
— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको संविधानले सबै समुदाय र भाषालाई न्याय गर्न नसकेको बताएका छन् । सिरहामा शुक्रबारदेखि सुरु भएको चारदिने ३५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले अहिलेसम्म प्राप्त उपलब्धिलाई संरक्षण गर्दै थप अधिकार र न्यायका लागि संघर्ष गर्नुपर्ने बताए । ...
— घोराहीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ ...