मुख्य समाचार
१ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण
१ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण

: ९ महिनामा १ लाख ५ हजार ६९८ जना विदेश पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। मुस्ताङ भ्रमण गर्ने पर्यटकमध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका विदेशी पर्यटकहरू रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत रहेको एक्याप चेकपोष्ट जोमसोमले जनाएको छ।



सन् २०२४ को जनवरीदेखि अक्टोबर ८ तारिखसम्ममा विदेशी पर्यटक संख्याको ८२.६६ प्रतिशत सार्क र १७ दशमलव ३३ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए।

सन् २०२४ को ९ महिना अवधिमा सबैभन्दा बढी मे महिनामा २९ हजार ७६२ जना र सबैभन्दा कम जनवरी महिनामा २ हजार १२६ जना विदेशी पर्यटकको मुस्ताङ आगमन रहेको एक्याप जोमसोम चेक पोष्टको तथ्यांकमा उल्लेख छ। सन् २०२४ को अक्टोबर ८ तारिखसम्म २ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे।


एक्यापका अनुसार सेप्टेम्बरको अन्तिमदेखि अक्टोबर ८ तारिखसम्म गतवर्षको तुलनामा निकै कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोमको बुझाई छ। कार्यालय प्रमुख प्रमोदराज रेग्मीले अविरल परेको वर्षाले देशका विभिन्न स्थानमा बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध भएकै कारण मुस्ताङमा विगतको वर्ष भन्दा कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको उल्लेख गरे।

यस्तै, मुस्ताङ भित्रिएका कुल पर्यटक संख्याको ८ हजार ३९७ जनाले राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत लमजुङको बेसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे। मुस्ताङ भित्रिएका कुल पर्यटक संख्यामध्ये ७.९४ प्रतिशतले अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङमा ईन्ट्री भएको कार्यालय प्रमुख रेग्मीको भनाई छ।

मनाङ हुँदै अन्नपूर्ण पदमार्गको भ्रमण गरी मुस्ताङ भित्रिएका पर्यटकमध्ये ९७.०७ प्रतिशत अन्य मुलुकका र २.९२ प्रतिशत सार्क राष्ट्रका विदेशी पर्यटक छन्। राउण्ड हुँदै सबैभन्दा धेरै मे महिनामा १ हजार ८१८ र सबैभन्दा कम जनवरी महिनामा १ सय ८६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।

सन् २०२३ मा कुल १ लाख २१ हजार ३५२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। मुस्ताङ भित्रिने पर्यटकमध्ये अधिकांश सार्क राष्ट्रका भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाई छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनप्रति भारतीय तीर्थालुको अभिरुचि बढी रहने भएकाले मुस्ताङमा भारतीय पर्यटकको आगमन अधिक रहन पुगेको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— डोल्पामा स्थानीय युवक बेपत्ता भएको घटनामा असईसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको छ । इलाका प्रहरी कार्यालय खदाङमा कार्यरत चौकी इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक(असई) हेमराज कार्कीसहित ५ जना प्रहरीविरुद्ध मुद्दा दायर गरिएको हो । कार्कीसँगै कार्यरत प्रहरी जवान लालबहादुर घर्ती,भगिरथ जैसी,जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी जवान अशोक साउद र जिल्ला प्रहरी कार्यालयमै ...
— वैदेशिक रोजगार बोर्डले २५ करोड रुपैयाँको सीपयुक्त तालिम दिने योजनालाई आइतबार स्थगित गर्ने निर्णय गरेको छ । बोर्ड सचिवालयले वार्षिक स्वीकृति कार्यक्रमअनुसार तालिम दिन सूचीकृत तालिम प्रदायक संस्थासँग प्रस्ताव मागेको थियो । बोर्डका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा श्रम मन्त्रालयमा बसेको बैठकले अगाडि बढाइएको तालिम सञ्चालन प्रक्रियालाई तत्काल स्थगित गर्ने ...
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत आफ्नो चारवर्षे कार्यकालमा भएका कामहरुको विवरणसहितको ३५ बुँदे श्वेतपत्र जारी गरेका छन्
— प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले डोटी निर्वाचन क्षेत्रबाट उपमहासचिव लेखराज भट्टसहित ८ जनाको नाम सिफारिस गरेको छ । कैलाली–४ बाट एकल सिफारिस भइसकेका भट्टको नाम डोटीबाट पनि पहिलो नम्बरमा सिफारिस गरिएको जिल्ला सचिव पदमराज भट्टले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लको नाम दोस्रो नम्बरमा सिफारिस गरिएको छ । पार्टीले टिकट दिएमा ...
— नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरुले देशभरका नेताहरुलाई नियमित महाधिवेशनको तयारीमा जुट्न अनुरोध गरेका छन् । यसका साथै फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्नसमेत उनीहरुले अनुरोध गरेका छन् । उनीहरुले केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को निर्णय अनुसार २०८३ वैशाख २८-३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकोले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको भन्दै ...