: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबलको फाइनलमा नेपाल पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा नेपाललाई पराजित गर्दै उज्वेकिस्तान विजयी भएको हो।
उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो । खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेटमा नेपाल २५–२० ले पराजित बनेको हो।
प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए।
लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। त्यसअघि नेपाललले श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो।