मुख्य समाचार
झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु
झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु

: झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ। नेपालीहरूको महान चाड बडादसैंका दिन अपरान्ह करिब ४ बजेतिर एक युवकले रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।


पुलबाट हाम फाल्ने युवा मुसिकोट-१ सल्लेका ३७ वर्षीय बुदिराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। युवकले हातमा कोमल नामको ट्याटु हानेको प्रहरीको भनाइ छ।

शव नजिकै रातो ज्याकेटमा बुदिराम बोहरा नाम भएको नागरिकतासमेत फेला परेको प्रहरी निरीक्षक पाठकको भनाइ छ। हाम फाल्ने युवाको घटनास्थलमै मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— घोराहीमा शुक्रबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् । ...
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् । रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि अध्यक्ष दाहालले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, 'मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष ...
— पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा ...
— मोटरसाइकल चोरीको अभियोगमा रूपन्देही प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सियारी गाउँपालिका–२ निवासी २६ वर्षीय शिव जयसवाल, १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, २४ वर्षीय शिवकुमार मल्लाह र २४ वर्षीय अनिल यादव छन् । यसै गरी, पाल्पाको माथागढी गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय अर्जुन ...
— तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ । एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा ...