मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिए
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिए

: पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।


शनिबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन्। पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो।nullपूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्।

दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा ...
— मोटरसाइकल चोरीको अभियोगमा रूपन्देही प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सियारी गाउँपालिका–२ निवासी २६ वर्षीय शिव जयसवाल, १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, २४ वर्षीय शिवकुमार मल्लाह र २४ वर्षीय अनिल यादव छन् । यसै गरी, पाल्पाको माथागढी गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय अर्जुन ...
— तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ । एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा ...
— लामोसाँघु-जिरी सडकअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-६ महादेव खोला नजिकै जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान प्रदेश नं ३-०१-०२४ नम्बरको चरिकोटतर्फ आउँदै गरेको जिपले पैदल हिँडिरहेका तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । तामाङको चरिकोटको च्छो-रोल्पा ...
— प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ घर भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने बुद्धिबहादुर बस्याल रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेकामध्ये ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु ...