मुख्य समाचार
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या
बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

। कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

डम्मरबहादुरले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छन्। सर्वोच्च अदालतले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने धारणा राखेकी हुन्। ‘कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन ...
: नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्। राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको ...
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाइने भएको छ। न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको बुधबारको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि रिट पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो। आइतबार पूर्ण इजलासमा सुनुवाइका लागि ...