मुख्य समाचार
कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको
कमला ह्यारिसले स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै भनिन् : अब पालो ट्रम्पको

। अमेरिकी राष्ट्रपति चुनावको २३ दिनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । मेडिकल रिपोर्टमा ह्यारिस पूर्ण रुपमा स्वस्थ घोषित भएकी छन् ।

ट्रम्पको टिमले मेडिकल रिपोर्ट सार्वजनिक नगरी एक विज्ञप्ति मार्फत् ट्रम्प एकदमै स्वस्थ रहेको जानकारी दिएको सन्दर्भमा प्रतिस्पर्धी ह्यारिसले यस्तो चुनौती दिएकी हुन् ।


आफ्नो फिट्नेस रेकर्ड सार्वजनिक गर्दै ह्यारिसले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग उनको स्वास्थ्य रेकर्ड सार्वजनिक गर्न पनि माग गरेकी छन् ।

उनले भनिन्, ‘डोनाल्ड ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति बन्नका लागि योग्य छन् कि छैनन् भन्ने थाहा नपाओस् भन्ने चाहन्छन् ।’




अमेरिकी राष्ट्रपति चुनावका सन्दर्भमा गरिएका धेरै सर्वेक्षणहरूले कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखाएको छ ।

ट्रम्प आफूलाई स्वस्थ रहेको सन्देश दिन बाइडेनलाई गल्फ खेल्न चुनौती दिइरहेका छन् ।

कमलाको परिवारमा कोलोन क्यान्सरको इतिहासलाई छाडेर ह्वाइट हाउसले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति बन्न योग्य घोषणा गरेको छ । उनको डाक्टर जोसुवा सिमोन्सले कमला ह्यारिसको परिवारमा कोलोन क्यान्सरको इतिहास रहेको बताएका छन् ।

उनलाई केही कुरामा एलर्जी पनि छ । जसका कारण उनी नियमित रूपमा कोलोनोस्कोपी गराइरहेकी छिन् र आफ्नो ख्याल राख्छिन् । कमलाको मेडिकल रेकर्ड सार्वजनिक हुनेबित्तिकै उनको टिमले सामाजिक सञ्जाल एक्समा लेखेको थियो– अब पालो तपाइको डोनाल्ड ट्रम्प ।

यसअघि कमलाले पनि एक र्‍यालीमा ट्रम्पको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँदै भनेकी थिइन्, ‘उनी कहिलेकाहीँ हराउँछन् ।’

यसअघि जो बाइडेन प्रतिस्पर्धामा रहँदा ट्रम्पले उमेर र फिट्नेसको मुद्दालाई सर्वाधिक उठाएका थिए । उनले बाइडेनलाई राष्ट्रपति पदका लागि अयोग्य घोषित गर्ने गरेका थिए । अब कमला ह्यारिस सोही रणनीति पछ्याउँदै ट्रम्पलाई स्वास्थ्यका दृष्टिकोणले पनि अयोग्य रहेको पुष्टि गर्न चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...
: बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ। बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ। सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले ...
: अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। यो घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनको एक रेस्टुरेन्टमा भएको हो। आक्रमणकारी अझै फरार छन् । स्थानीय प्रहरीका अनुसार केही बालबालिका घाइते भएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
: हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७० हजार बढी प्यालेस्टिनीहरू मारिएका छन्। अक्टोबर १० मा लागू भएको इजरायल र हमासबीच युद्धविराम भए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। इजरायलले युद्धविराम उल्लंघनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ। अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको छ। शनिबार इजरायली ड्रोन आक्रमणमा ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...