मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु

: पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।



पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन्। कुर्रममा दुई सम्प्रदायका बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौंको ज्यान लिएको छ।

सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन्। अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कारबाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो।




जुलाईदेखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौं मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ।

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरू अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरु हुनसक्ने जनाइएको छ।

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...
: बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ। बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्षको कडा कारबाही र उनकी छोरी ट्युलिप सिद्दीकीलाई दुई वर्ष कडा कारावास र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ। सोमबार ढाकाको विशेष न्यायाधीश अदालतले ...
: अमेरिकाको क्यालिफोर्नियामा एक बालकको जन्मदिनको पार्टीमा गोली चल्दा चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। यो घटना शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनको एक रेस्टुरेन्टमा भएको हो। आक्रमणकारी अझै फरार छन् । स्थानीय प्रहरीका अनुसार केही बालबालिका घाइते भएको बुझिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
: हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको सैन्य कारबाहीमा ७० हजार बढी प्यालेस्टिनीहरू मारिएका छन्। अक्टोबर १० मा लागू भएको इजरायल र हमासबीच युद्धविराम भए पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। इजरायलले युद्धविराम उल्लंघनको जवाफमा धेरै हवाई आक्रमण गरेको बताएको छ। अझै पनि धेरै शवहरू भग्नावशेषबाट निकाल्ने काम भइरहेको छ। शनिबार इजरायली ड्रोन आक्रमणमा ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत आउने भएका छन्। उनको भ्रमण डिसेम्बर ५ सम्म रहनेछ। उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४-५, २०२५ मा भारतको ...