मुख्य समाचार
बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो
बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो

। भारतको महाराष्ट्रको दल एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्वमन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो । लरेन्स ग्याङले यसको जिम्मेवारी लिएको छ । सिद्दिकीको हत्यापछि उनी निकटवर्ती अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ ।

राजनीतिमा रुचि नभएका मानिसले बाबा सिद्दिकीलाई उनको इफ्तार पार्टीका लागि चिन्थे । हरेक वर्ष रमजानको अवसरमा मुम्बईमा आयोजना हुने यो पार्टीमा बलिउड सेलिब्रेटीको भीड लाग्ने गथ्र्यो ।




यो पार्टी शाहरुख खान र सलमान खानबीचको वर्षौं पुरानो झगडा अन्त्य गर्ने कारण थियो भन्ने कुरा कमैलाई थाहा छ ।

सिद्दिकीको हत्या हुँदा सलमान फिल्मसिटीमा बिग बोस १८ को सुटिङ गरिरहेका थिए । खबर पाएलगत्तै उनी सुटिङ रोकेर अस्पताल पुगेका थिए । तर,स्रोतका अनुसार सलमानले शोको सुटिङ यसअघि नै पूरा गरिसकेका छन् ।




सिद्दिकीको हत्याको जिम्मेवारी लरेन्स ग्याङले लिएको छ । घटनापछि बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर सुरक्षा बढाइएको छ । थप प्रहरी टोली तैनाथ गरिएको छ भने चेक पोस्ट पनि निर्माण गरिएको छ ।

सलमानलाई लरेन्स ग्याङबाट धेरै पटक धम्की आएको छ । अप्रिल १४ मा उनको ग्यालेक्सी अपार्टमेन्टमा पनि गोली प्रहार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...