मुख्य समाचार
जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार
जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार

। जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै रु १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।

चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट मात्रै रु १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैँसीको बिक्रीवितरण भएको जानकारी दिए ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् ।

यस्तै रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैँसी रहेका छन्।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य रु २८ हजार, न्यूनतम रु १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो। जुम्ली खसीको अधिकतम मूल्य रु २४ हजार र न्यूनतम रु आठ हजार रहेकामा औसत रु १६ हजारमा बिक्री भएको जनाइएको छ। अधिकतम मूल्य रु ५० हजार र न्यूनतम रु २६ हजारमा किनबेच भइरहेका राँगाभैंसी औसत रु ३८ हजारमा बिक्री भएका थिए ।

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन्।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— घोराहीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ ...
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् । रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि अध्यक्ष दाहालले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, 'मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष ...
— पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा ...
— मोटरसाइकल चोरीको अभियोगमा रूपन्देही प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सियारी गाउँपालिका–२ निवासी २६ वर्षीय शिव जयसवाल, १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, २४ वर्षीय शिवकुमार मल्लाह र २४ वर्षीय अनिल यादव छन् । यसै गरी, पाल्पाको माथागढी गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय अर्जुन ...
— तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ । एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा ...