मुख्य समाचार
काठमाडौंमा चहलपहल बढ्यो
काठमाडौंमा चहलपहल बढ्यो

: आश्विन शुक्लपक्ष द्वादशीका दिन सोमबार दशैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो ।

उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मातृभूमिप्रति गौरव गर्दै देश विकासको अभियानमा जुट्न युवा पुस्तालाई आह्वान गरेका छन् । रैथाने एग्री प्रोडक्स नेपालद्वारा शनिबार दरबारमार्गमा सञ्चालित रैथाने उत्पादन हाटबजार मेलाको अवलोकनपछि अध्यक्ष दाहालले नेपालमा स्रोतसाधन र जनशक्ति पर्याप्त भएकाले यसको अधिकतम प्रयोग हुन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले भने, 'मानव चोलाको सबैभन्दा महत्वपूर्ण पक्ष ...
— पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा ...
— मोटरसाइकल चोरीको अभियोगमा रूपन्देही प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको सियारी गाउँपालिका–२ निवासी २६ वर्षीय शिव जयसवाल, १९ वर्षीय गणेश राजभर, २० वर्षीय शनि भर, २४ वर्षीय शिवकुमार मल्लाह र २४ वर्षीय अनिल यादव छन् । यसै गरी, पाल्पाको माथागढी गाउँपालिका–७ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय अर्जुन ...
— तीन वर्षपछि हुने निर्वाचन कार्यक्रम तय गर्न एमाले र माओवादी केन्द्र आ-आफ्नो केन्द्रीय कमिटी बैठकको तयारीमा लागेका छन् ।एमालेको २०८० फागुन र माओवादीको २०८० माघयता केन्द्रीय कमिटी बैठक बसेको छैन । एमालेको पुस तेस्रो साता र माओवादीको पुस २१ मा केन्द्रीय कमिटी बस्ने भएको छ । एमालेले सरकारको कामकारबाहीको समीक्षा, संगठन सुदृढीकरण मुख्य मुद्दा ...
— लामोसाँघु-जिरी सडकअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिका-६ महादेव खोला नजिकै जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-६ चोथाङका ५४ वर्षीय ज्ञानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान प्रदेश नं ३-०१-०२४ नम्बरको चरिकोटतर्फ आउँदै गरेको जिपले पैदल हिँडिरहेका तामाङलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । तामाङको चरिकोटको च्छो-रोल्पा ...