मुख्य समाचार
चुनाव प्रचारप्रसारका लागि एलन मस्कले डोनाल्ड ट्रमलाई दिए ७५ मिलियन डलर
चुनाव प्रचारप्रसारका लागि एलन मस्कले डोनाल्ड ट्रमलाई दिए ७५ मिलियन डलर

: विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्कले रिपब्लिक पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रमलाई चुनाव प्रचार प्रसारका लागि ७५ लाख मिलयन डलर सहयोग गरेका छन्। सरकारी अनुसन्धानले यो कुरा बाहिर ल्याएको हो।



सरकारी अनुसन्धान अधिकारीका अनुसार मस्कले ट्रम्पलाई तीन महिनाको अवधिमा करिब ७५ मिलियन डलर सहयोग गरेको खुलेको हो।

मस्कले जुलाईमा भएको हमलापछि ट्रमलाई औपचारिक रुपमा समर्थन गरेका थिए। तर,यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको पाइएको छ।




केही दिनअघि पेन्सिलभेनियाको बटलरमा ट्रमको र्‍यालीमा मस्क सहभागी भएका थिए। त्यही ठाउँमा ट्रममाथि आक्रमण भएको थियो। अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बरमा हुँदैछ। जहाँ डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदार छिन्।

रिपब्लिक पार्टीले पूर्वराष्ट्रपति ट्रमलाई उम्मेदबार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे। प्रधानमन्त्री मोदीले ...
: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे। भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी छ। यस बैठकको उद्देश्य रक्षा,व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीलाई अझ सुदृढ पार्नु हो। पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका हुन्। बिहान पुटिनले राजघाटको भ्रमण गरेका ...
: भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध ...
: बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’ रुसी राष्ट्रपति ...