मुख्य समाचार
तीव्ररुपमा फैलिदै डेङ्गु : संक्रमितको संख्या १९ हजार नाघ्यो
तीव्ररुपमा फैलिदै डेङ्गु : संक्रमितको संख्या १९ हजार नाघ्यो

: देशभर डेङ्गु सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको हो । महाशाखाका अनुसार डेङ्गु सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।



डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौं प्रभावित भएको छ। काठमाडौंमा हालसम्म ३ हजार १०३ जनामा डेंगु संक्रमण देखिएको छ।

यस्तै कास्कीमा २ हजार ८४७ जना ,तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।




डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको धरानमा रगतको अभाव भएको छ। निर्वाचनका कारण केही समयदेखि रक्तदान कार्यक्रम कम हुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा रगतको अभाव भएको छ। नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्रतिष्ठान परिसरभित्र सञ्चालन गरेको ब्लड बैंकमा विभिन्न ब्लड ग्रुपको रगत अभाव भएको रेडक्रस सुनसरीका सभापति उमेश थापाले जानकारी दिए। उनले बी पोजेटिभ, एबी पोजेटिभ, ओ ...
बागलुङ — ढोरपाटन क्षेत्रमा दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने भएको छ । उमेर समूहअनुसार जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । तर, यहाँका बालबालिकाले समयमा खोप लगाएको हो वा होइन भन्ने यकिन नभएको र विविध कारणले गाउँमै संक्रमण फैलिएपछि खोप ...
: दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट पनि दिने गरि दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता गरिएको छ । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती ...
: नवलपुरमा आगामी फाल्गुन २९ गतेदेखि जापानिज इन्सेफलाइटिस विरुद्धको बृहत् खोप अभियान सञ्चालन हुने भएको छ। प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका ८ वटै स्थानीय तहमा एकैसाथ अभियान सुरु गरी करिब १ लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको कार्यालय प्रमुख केशब चापागाईंले बताए। हाल देशभरिका ७७ जिल्लामध्ये नवलपुरमा मात्र यो विशेष अभियान सञ्चालन हुन लागेको ...
। काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले निकै अस्वस्थको तह पार गरेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २०६ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । २०० माथि पुग्नुलाई निकै अस्वस्थ मानिन्छ ...