मुख्य समाचार
तीव्ररुपमा फैलिदै डेङ्गु : संक्रमितको संख्या १९ हजार नाघ्यो
तीव्ररुपमा फैलिदै डेङ्गु : संक्रमितको संख्या १९ हजार नाघ्यो

: देशभर डेङ्गु सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ईपिडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लो तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको हो । महाशाखाका अनुसार डेङ्गु सङ्क्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् ।



डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौं प्रभावित भएको छ। काठमाडौंमा हालसम्म ३ हजार १०३ जनामा डेंगु संक्रमण देखिएको छ।

यस्तै कास्कीमा २ हजार ८४७ जना ,तनहुँमा २ हजार १०७ जना, पर्वतमा १ हजार ५६२ जना,चितवनमा ९ सय ७१ जना, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।




डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकि प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी १६ का बुद्ध सिंह वाईवा र सर्लाहीकै हरिवन नगरपालिकाका सरिन योन्जन रहेका छन्। उनीहरूका साथबाट प्रहरीले १ सय ...
: इशोधरा गाउँपालिकामा नयाँ ल्याइएको २ वटा एम्बुलेन्सहरू ८ महिनादेखि सञ्चालनमै नआई प्रयोगविहीन अवस्थामा छन्। गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ७ को तर्फबाट सञ्चालन गर्न ल्याइएको २ एम्बुलेन्सहरू चालक नहुँदा अलपत्र परेका हुन्। १० लाख रुपैयाँ वडाको बजेट र १० लाख रुपैयाँ गाउँपालिकाको बजेट खर्च गरी पूर्ण राजश्व छुट गरी २० लाख रुपैयाँको ...
मेलम्ची संघर्ष समितिले भन्यो– खोला थुनेर पानी काठमाडौं पठायौं तर हामीले एक रुपैयाँ पाएनौं
। जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको परिसरका एसएसपी रमेश थापाले बताउ । उनी लागु औषधको कसुरमा कारागार चलान भएकी थिइन् ।
प्रयोगकर्ताहरुमाथि भयंकर ठगी हुने फर्जी विज्ञापनहरुबाट सोसल मिडिया कम्पनी मेटाले भने अर्बौं डलर आम्दानी गर्ने गरेको खुलासा