मुख्य समाचार
युरोपेली आयोगले इरानमाथि लगायो प्रतिबन्ध
युरोपेली आयोगले इरानमाथि लगायो प्रतिबन्ध

: युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरू विरुद्ध प्रतिबन्ध लगाएको छ।



युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयरलगायत सात संस्थाहरू र उप-रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित सात जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भने, 'युक्रेनविरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ।'




इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई 'अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुन विपरीत' भन्दै अस्वीकार गरेका छन्। उनले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिएको इरानको आधिकारिक समाचार एजेन्सीले जनाएको छ।

इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ। त्यसैगरी प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ। इरानले भने युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ। -रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे। प्रधानमन्त्री मोदीले ...
: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे। भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी छ। यस बैठकको उद्देश्य रक्षा,व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीलाई अझ सुदृढ पार्नु हो। पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका हुन्। बिहान पुटिनले राजघाटको भ्रमण गरेका ...
: भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध ...
: बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’ रुसी राष्ट्रपति ...