मुख्य समाचार
राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमविरुद्ध भारत रुष्ट
राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमविरुद्ध भारत रुष्ट

। गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ।

सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो ।




भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशङ्काको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।’

सन् १९९७ मा क्यानडामा बसाइँ सरेर सन् २०१५ मा नागरिकता लिएका निज्जरले भारतबाट अलग्गिएर खालिस्तान नामको छुट्टै सिख राज्य हुनुपर्ने पक्षमा वकालत गरेका थिए ।




उनलाई भारतीय अधिकारीहरूले आतङ्कवाद र हत्याको षडयन्त्र गरेको आरोपमा ‘अत्यधिक खोजीको सूची’मा राखेर खोजी गरिरहेको थियो ।

सन् २०२३ को जुन महिनामा भ्यानकुभरको एक सिख मन्दिरको पार्किङ स्थलमा भएको निज्जरको हत्यामा संलग्न भएको आरोपमा चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

भारतले हत्यासँग जोडिएको आरोपलाई ‘निरर्थक’ र ‘राजनीतिक लाभका लागि भारतलाई बदनाम गर्ने रणनीति’ भनेको छ ।

गत वर्ष भारतले क्यानाडाका नागरिकहरूको भिसामा केही समयका लागि रोक लगाएको थियो र ओटावालाई कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउन बाध्य पारेको थियो।

भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘भारतीय कुटनीतिज्ञविरुद्ध आरोप लगाउने क्यानडा सरकारको पछिल्लो प्रयासको जवाफमा भारतलाई थप कदम चाल्ने अधिकार सुरक्षित छ ।’

क्यानडामा करिब सात लाख ७० हजार शिखहरू बसोबास गर्छन् र यो क्यानडाको जनसङ्ख्याको लगभग दुई प्रतिशत हिस्सा हो।

सन् २०२३ को नोभेम्बरमा अमेरिकी न्याय विभागले चेक रिपब्लिकमा बस्दै आएका एक भारतीय नागरिकमाथि पनि अमेरिकी भूमिमा यस्तै प्रकारको हत्याको योजना बनाएको आरोप लगाएको थियो ।

अभियोजकहरूले अदालतको कागजातमा उक्त योजनामा भारत सरकारका एक अधिकारीको पनि संलग्नता रहेको उल्लेख गरेका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: हैदराबाद हाउसमा भएको महत्वपूर्ण बैठकपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मोदीले संयुक्त विज्ञप्ति जारी गर्दैछन्। यस भेटमा प्रधानमन्त्री मोदीले राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरे। प्रधानमन्त्री मोदीले भारत र रुसको २३ औं शिखर सम्मेलनमा राष्ट्रपति पुटिनलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताए। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनको भारतप्रतिको गहिरो मित्रताका लागि हार्दिक आभार व्यक्त गरे। प्रधानमन्त्री मोदीले ...
: प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे। भारत र रुस बीचको २३ औं वार्षिक बैठक जारी छ। यस बैठकको उद्देश्य रक्षा,व्यापार, ऊर्जा र आर्थिक सहयोग जस्ता प्रमुख क्षेत्रहरूमा साझेदारीलाई अझ सुदृढ पार्नु हो। पुटिन चार वर्षपछि दुई दिने राजकीय भ्रमणमा भारत आएका हुन्। बिहान पुटिनले राजघाटको भ्रमण गरेका ...
: भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले भारतलाई कुनै पनि अवरोध बिना इन्धन आपूर्ति जारी राख्ने बताएका छन्। अमेरिकाले भारतलाई रुसबाट तेल नकिन्न निरन्तर दबाब दिइरहेका बेला रुसी राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन्। अमेरिकाले रुसबाट तेल खरिद गर्दा भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क पनि लगाएको छ। यसले भारतमाथिको अमेरिकी भन्सार शुल्क ५० ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्य गर्ने सम्झौतातर्फ आफू अगाडि बढिरहेको दाबी गरेका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका फेरि बलियो भएर आएको र विश्वभर शान्ति ल्याउने दाबी गरे। ‘हामीले आठवटा युद्ध समाधान गरिसकेका छौं र हामी अर्को युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने दिशामा अगाडि बढिरहेका छौं। आशा छ, हामी रूस र युक्रेन बीचको युद्ध ...
: बिहीबार भारत आइपुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्। प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहारस्वरुप दिएका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्,‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको प्रतिलिपि प्रस्तुत गरें। गीताको शिक्षाले विश्वभरका लाखौं मानिसहरूलाई प्रेरणा दिन्छ।’ रुसी राष्ट्रपति ...