मुख्य समाचार
टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ व्यवस्थापक नियुक्त
टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ व्यवस्थापक नियुक्त

। टोमस टुचेल इंग्लिस फुटबल टिमको नयाँ व्यवस्थापक नियुक्त भएका छन् । ५१ वर्षीय जर्मन प्रशिक्षकले १८ महिने सम्झौता गरेका छन् र, उनको कार्यकाल १ जनवरीबाट सुरु हुनेछ ।

चेल्सीका पूर्व प्रशिक्षक रहेका टुचेलले गत सिजनको अन्त्यमा बार्यन म्युनिख छाडेका थिए । इंग्ल्याण्डको प्रतिनिधित्व गर्ने अवसर पाउनु आफ्ना लागि ठूलो सौभाग्य भएको भन्दै उनले भनेका छन्, ‘विशेष र क्षमतावान खेलाडीहरुसँग काम गर्न निकै उत्साहित छु ।’


मुख्य कार्यकारी मार्क बुलिङहमले पनि फुटबल एशोसिएसनले विश्वकै सबश्रेष्ठ प्रशिक्षकमध्ये एकलाई नियुक्त गरेको बताए । उनले अगाडि भने, ‘टुचेल र टिमको ध्यान २०२६ को विश्वकप जित्ने सर्वोत्तम अवसर र्सिजना गर्नु हुनेछ ।’

इंग्ल्याण्डले १९६६ मा विश्वकप जितेयता ठूलो उपाधि जितेको छैन । टुचेललाई अनुबन्ध गर्नुअघि एफएले म्यानचेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला तयार भए ल्याउन चाहेको थियो । तर सम्भावित उम्मेदवारमा टुचेल रोजेको व्यवस्थापन भएको एफएले बताएको छ ।

एफए बोर्डले अन्तिम साता उनको नाम अनुमोदन गरेको थियो र टुचेलले ८ अक्टोबरमा सम्झौतामा हस्ताक्षर गरेका थिए । तर अन्तराष्ट्रिय खेल छल्नका लागि औपचारिक घोषणा केही ढिला गरिएको एफएले बताएको छ ।

निमित्त प्रशिक्षक ली चाल्र्सीको नेतृत्वमा रहेको इंग्ल्याण्डले १० अक्टोबरमा ग्रिससँग हार व्यहोरेको थियो भने १३ मा फिनल्याण्डलाई हरायो ।

नयाँ व्यवस्थापक टुचेलको सहायकका रुपमा एन्थोनी ब्यारी हुनेछन्, जसले चेल्सी र बार्यन म्युनिखमा पनि सँगै काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...