मुख्य समाचार
बाढीले क्षति पुर्‍याएको काभ्रेमा खानेपानी संरचनाको काम फास्ट ट्र्याकमा गर्छौं: मन्त्री यादव
बाढीले क्षति पुर्‍याएको काभ्रेमा खानेपानी संरचनाको काम फास्ट ट्र्याकमा गर्छौं: मन्त्री यादव

। खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको रोशी खोला लगायतको बाढीले पनौती, बनेपा र धुलिखेल नगरपालिकामा क्षति गरेका खानेपानी मन्त्रालय अन्तर्गत विभागका सबै संरचनाको काम फाष्ट ट्र्याकबाट गरिने बताएका छन् ।

गएको असोज १० गतेदेखि १२ गते सम्मको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण काभ्रेका विभिन्न खानेपानी मुहान संरचनामा भएको क्षतिको जानकारी लिन बिहीबार स्थलगत अवलोकनमा पुगेका थिए ।


सोही क्रममा मन्त्री यादवले भने, ‘मन्त्रालय मातहतका संरचनाको काम हामी तुरुन्तै सुचारु गर्छौं, अन्य विषयतगका कामहरु आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढाउँछौं ।’

पनौती लगायत क्षेत्रमा अस्थायी रुपमा अहिले पानी आइरहेको भए पनि त्यो अस्थायी मात्रै भएको र फेरि वर्षा हुँदा बाढीले बगाउने भएकाले त्यसको स्थायी तथा दीर्घकालीन रुपमा समस्या समाधानका लागि योजना तयार गर्ने बताए ।


सोही क्रममा मन्त्री यादवले एकीकृत खानेपानी आयोजना खानेपानी मन्त्रालय अन्तर्गत नपर्ने तथा शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने भएकाले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपका विषयमा आफूले शहरी विकास मन्त्रालयसँग सल्लाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महोत्तरीमा स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साम्सी गाउँपालिका–७ का २८ वर्षीय रामस्नेही साह छन् । बुधबार दिउँसो जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकबाट उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । उनका अनुसार बीआर ३० एएफ ३८७६ नम्बरको भारतीय मोटरसाइकलमा यात्रा गरिरहेका साहलाई ...
। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरुले शुल्क बुझाएर कारागार बाहिर बस्न दिने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तर निश्चित अवधि भन्दा कम कैद सजाय तोकिएकाहरुलाई कैदबाहिर रहन दिनुपर्ने विषयमा राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिमा छलफल भएको हो । ‘अहिलेसम्म अवधिबारे यकिन भइसकेको छैन, तर माननीयज्यूहरुले ...
। धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ५ जना रसियन पर्वतारोहीको शवमध्ये एकजनाको शव काठमाडौं ल्याइएको छ । मृतकको शव त्रिविवि शिक्षण अस्पतालमा राखिएको छ भने बाँकीको शव पनि ल्याउने तयारी भइरहेको छ । ७ हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरको शव भेटिएको थियो । रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । एयर अल्टिच्युडको ...
। बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण मारमा परेका छन् । चाडपर्वका बेला बाटो अवरुद्ध हुँदा कष्टकर यात्रा गर्नुपरेको उनीहरूको गुनासो छ । बुद्धसिंह मार्गका दजैनौं ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरा पन्छाइएको थियो । तर, नाल्दीघाटको पहिरा अझैसम्म हटाइएको छैन । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, ...
। प्रहरी प्रभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । र, घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो । छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै ...