मुख्य समाचार
बाढीपहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती बसाल्छौं: प्रधानमन्त्री
बाढीपहिरो प्रभावित क्षेत्रमा एकीकृत बस्ती बसाल्छौं: प्रधानमन्त्री

। प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजना अघि बढाउने बताएका छन् । उनले तत्काल बाढी प्रभावित क्षेत्रमा एकीकृत वस्ती विकास गर्दै पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने पनि बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षतिबारे जानकारी दिन आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने जानकारी गराए ।


प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध बनेकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायी रुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । भेटवार्तामा सहभागी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले सीमित बजेटका बाबजुत् सकभर मागेर भन्दा आफ्नै बुँतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरु गर्नुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्यहरु रामकुमार राई, सरस्वती बजिमय, पूर्वमन्त्री उषाकला राई, प्रदेश सांसदहरु, दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलगायतले बाढी पहिरोको विपत्तिपछि परेको संकटबारे बताएका थिए ।


टोलीले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एकमात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुुई वर्ष नपुुग्दै बाढीले बगाएकाले जिल्ला नै प्राकृतिक नाकाबन्दीमा परेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद ...
। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले मुख्य प्रहिक्षक महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको छ।
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका हुन् । ‘अपराधहरु बढेर गएका छन्,सुरक्षा ...
। सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी अधिकारी सम्मानित भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले मंगलबार प्रहरी दिवसको अवसरमा सम्मान गरेका हुन् । कारबाही सिफारिसमा ...
। गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।