मुख्य समाचार
जैविक रुपमा आमा बन्न सक्दिनँ, सरोगेसी वा एडप्टबारे सोचेकी छु : सेलेना गोमेज
जैविक रुपमा आमा बन्न सक्दिनँ, सरोगेसी वा एडप्टबारे सोचेकी छु : सेलेना गोमेज

। अमेरिकी पपस्टार तथा अभिनेत्री सेलेना गोमेज आफ्नो जीवन र परिवारलाई लिएर हरेक अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा खुलेर बोल्छिन् ।

हालैको एक अन्तर्वार्तामा सेलेनाले आफू जैविक रुपमा आमा बन्न नसक्ने बताएकी छन् । मंगलबार प्रकाशित भ्यानिटी फेयर म्यागजिनको कभरस्टोरी अन्तर्वार्तामा उनले आफूले केही वर्षमा परिवारको तयारी थाल्ने विषयमा बताएकी छन् ।

पेशागत जीवनमा धेरै उपलब्धि हासिल गरेकी ३२ वर्षीया गायिकाले स्वास्थ्य समस्याका कारण आफूले सन्तान जन्माउन नसक्ने जनाएकी छन् । वर्षौंसम्म लुपससँग संघर्ष गरेकी सेलेनाले सन् २०१७ मा मिर्गौला प्रत्यारोपण गराएकी थिइन् । जसकारण उनको शरीरमा धेरै परिवर्तन आएको छ ।

सेलेनाले भनिन्, ‘मसँग धेरै मेडिकल समस्या छन्, जसले मेरो जीवन र बच्चालाई खतरामा पार्छ । त्यसैले जैविक रुपमा म आमा बन्न सक्दिनँ ।’

सेलेनाले यसको विकल्प सरोगेसी वा एडप्ट हुनसक्ने बताएकी छन् । ‘मलाई लाग्यो यो सबैका लागि हुने तरिका हो । तर म अरु भन्दा सजिलो स्थितिमा छु,’ उनले भनिन्, ‘त्यहाँ केही यस्ता अद्भूत व्यक्ति छन् जो सरोगेसी वा एडप्टेसन गर्न इच्छुक छन् । जुन मेरा लागि ठूलो सम्भावना हुन् । यसले मलाई निकै आभारी तुल्याएको छ ।’

सेलेना अहिले बेनी ब्लान्कोसँग डेट गरिरहेकी छिन् । कामको कुरा गर्दा उनी ‘ओन्ली मर्डर्स इन द बिल्डिङ’मा फिचर्ड छिन् जसको अर्को सिजन आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ । घोषणापत्र ...
। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ । अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका ...
— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् । वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं ...
। ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ समेत नभएको बताएका थिए । यस्तो अप्ठ्यारो समयमा अभिनेता सोनू सूद उनको सहारा बनेका छन् । सोनूले राजपाललाई एउटा फिल्मको प्रस्ताव दिने जनाउँदै तुरुन्तै केही ‘साइनिङ ...
। पपस्टार ब्रिट्नी स्पीयर्सले आफ्नो सम्पूर्ण संगीत सूची (क्याटलग) का अधिकार बिक्री गरेकी छन् । ४४ वर्षीया गायिकाले ३० डिसेम्बरमा स्वतन्त्र संगीत प्रकाशक कम्पनी ‘प्राइमरी वेभ’ लाई करिब २० करोड अमेरिकी डलरमा अधिकार बेचेको बताइएको छ । लामो समयसम्म ‘कन्जरभेटरशिप’ को व्यवस्थामा रहेकी स्पीयर्सको व्यक्तिगत र पेशागत जीवन त्यसबाट प्रभावित भएको थियो । उनी बेबी वान ...