मुख्य समाचार
स्पेनले सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश
स्पेनले सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश

। युरोकप विजेता स्पेन यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा छनोट भएको छ ।

लिग ए अन्तर्गत ग्रुप फोरको खेलमा स्पेनले सर्बियालाई ३-० ले पराजित गरेर नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनको जितमा एममेरिक लापोर्टा, अल्भारो मोराटा र एलेक्स बेनाले समान एक गोल गरे ।

लिग ए अन्तर्गत ग्रुप फोरकै अर्को खेलमा स्विटजरल्यान्ड र डेनमार्कले २-२ को बराबरी खेलेका छन् । यस बराबरीले डेनमार्कले भने क्वाटरफाइनल पुग्न पर्खनुपर्ने भएको छ ।

४ खेलबाट १० अंक जोडेको स्पेन ग्रुप फोरको शीर्ष स्थानमा छ । लिग ए मा चार समूह छ र हरेक समूहको शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् ।

सर्विया ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ७ अंक रहेको डेनमार्क दोस्रो स्थानमा छ । स्विट्जरल्याण्ड १ अंक जोडेर पुछारमा छ ।

स्पेनले दुई खेल बाँकी छँदै नकआउट यात्रा तय गरेको हो । स्पेनसँगै ग्रुप थ्रीबाट जर्मनी पनि क्वाटरफाइनल पुगेको छ ।

यस्तै लिग ए अन्तर्गत ग्रुप वानमा पोल्यान्ड र क्रोएसियाले ३-३ तथा स्कटल्यान्ड र पोर्चुगलले गोलरहित बराबरी खेलेका छन् ।

यसैगरी लिग सी अन्तर्गत ग्रुप टुमा कोसोभोले साइप्रसलाई ३-१ र रोमानियाले लिथुवानियालाई २–१ ले हरायो भने लिग सी ग्रुप थ्री मा उत्तरी आयरल्यान्डले बुल्गेरियालाई ५-० ले हराउँदा बेलारुस र लक्जेम्बर्गले १-१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित