मुख्य समाचार
एमालेले भन्यो : मीनबहादुर गुरुङसँग कुनै सौदाबाजी र लेनादेना छैन
एमालेले भन्यो : मीनबहादुर गुरुङसँग कुनै सौदाबाजी र लेनादेना छैन

। पार्टी कार्यालय भवन शिलान्यासबारे भइरहेका टिप्पणीप्रति नेकपा एमालेले विरोध जनाएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी एमालेविरुद्ध भइरहेको टिप्पणी भत्र्सनायोग्य रहेको बताएका छन् ।

‘७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीको विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ’, विज्ञप्तिमा भनिएको छ ।

व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्तावलाई एमालेले संस्थागत रुपमै स्वागत गरेको गौतमले उल्लेख गरेका छन् ।


विज्ञप्तिमा गुरुङ एमाले समर्थक र विगतमा सक्रिय नेता रहेको पनि दाबी गरिएको छ ।

‘…निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्य समितिको सदस्य भई काम गरेको’ विज्ञप्तिमा लेखिएको छ, ‘अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ ।’

गौतमले गुरुङसँग कुनै सौदावाजी र लेनादेना नगरेको पनि दाबी गरेका छन् । ‘यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरुको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुन भन्दा माथि कोही पनि छैन’ एमालेको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन् । अभियुक्तले गएराति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए । बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको पहरीले खोलाबाट बालकको शव बरामद ...
। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले मुख्य प्रहिक्षक महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे । त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् । सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको छ।
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिंदो परिवेश अनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समय अनुसार प्रहरी संगठनलाई प्रविधि युक्त बनाउँदै रुपान्तरणको आवश्कता रहेको औंल्याएका हुन् । ‘अपराधहरु बढेर गएका छन्,सुरक्षा ...
। सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेका प्रहरी अधिकारी सम्मानित भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले मंगलबार प्रहरी दिवसको अवसरमा सम्मान गरेका हुन् । कारबाही सिफारिसमा ...
। गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत भेटिएका हुन् । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।