मुख्य समाचार
नेवानिले तिर्‍यो असोज मसान्तसम्म जहाज खरिदको ऋण किस्ता
नेवानिले तिर्‍यो असोज मसान्तसम्म जहाज खरिदको ऋण किस्ता

। नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ ।

नेवानिले दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वको किस्ता बुझाएको हो ।

दुई न्यारो बडी जहाजको २०८१ असोजको किस्ता बापत पूरा र दुई वाइड बडीको आंशिक गरी ३० असोजका दिन ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

पछिल्लो व्यवस्थापनले नेतृत्वले सम्हालेयता असोजसम्म ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५ सय ३३ रुपैयाँ किस्ता रकम तिरेको नेवानिले जनाएको छ ।

विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकूल असर परेकाले त्यसबेलाको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गर्न निगमले माग गरेको छ । किस्ता संख्या बढाएर समेत ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गर्न सकिने निगमको विकल्प छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ८ हजार ३ सय ३७ क्विन्टल धान खरिद गरेको छ । शाखा प्रमुख पंकजकुमार झाका अनुसार पुस ६ देखि धान खरिद सुरु गरिएकोमा एक महिनाको अवधिमा यति परिमाणमा धान खरिद भएको हो । शाखाले यस वर्षदेखि टोकन प्रणालीबाट किसानको धान खरिद गरिरहेको छ । किसानलाई २ सय ७५ ...
। नेपाल वायुसेवा निगम (नेवानि) ले दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको छ । न्यारो बडी जहाजको पूरै किस्ता र वाइड बडीको आंशिक गरी पुस मसान्तमा उक्त रकम बराबर किस्ता तिरेको नेवानिले जनाएको छ । त्यस्तै नेवानिले आफ्नो दीर्घकालीन ...
। नेपाल र बंगलादेशबीच वाणिज्य सचिव स्तरीय ८औं बैठक सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा सम्पन्न बैठकमा ७औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बैठकमा व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा ...
: स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष स्याङ्जामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यसवर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। प्रति किलो औसतमा ५७ रुपैयाँका दरले मूल्यांकन गर्दा सो मूल्य आएको कार्यालयले जनाएको छ। ...
— अर्थ मन्त्रालयले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटीमा सहमति दिएको छ । अर्थले लगानी मोडालिटीमा सहमति दिएसँगै थप प्रक्रिया अघि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । धादिङ र गोरखामा निर्माण हुने बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको आधारभूत लागत २ अर्ब ७७ करोड डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) ...