मुख्य समाचार
राष्ट्रिय भलिबल खेलाडी उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँ प्रोत्साहन
राष्ट्रिय भलिबल खेलाडी उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँ प्रोत्साहन

: नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिने भएको छ।



भण्डारीले नेपाली भलिबलमा गरेको योगदान र स्तरवृद्धिमा साथ दिनका लागि प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिएको भाटभटेनीले जनाएको छ। प्रोत्साहन रकमका लागि एकवर्षे सम्झौता गरिएको छ।

‘नेपालकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीबाट प्रोत्साहन पाउँदा खुसी छु’, उनले भनिन्।


काठमाडौंमा दुई महिनाअघि भएको काभा वुमेन्स भलिबल नेसन्स लिगमा नेपाली टिम उपविजेता भएको थियो।

नेपाली टिमको यो यात्रामा तनहुँकी २० वर्षीया उषाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट वुमेन्स लिग भलिबलमा काठमाडौं स्पाइकरमा मार्की खेलाडी रहेकी थिइन्।

गत महिना माल्दिभ्समा भएको काभा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस च्याम्पियन भएको थियो, जसमा उषाले च्याम्पियनसिपकै बेस्ट प्लेयर र बेस्ट आउटसाइड हिटरको अवार्ड जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम