मुख्य समाचार
विभिन्न ६ विधामा दिइँदै आएको विश्व प्रसिद्ध नोबेल पुरस्कार २०२४ घोषणा
विभिन्न ६ विधामा दिइँदै आएको विश्व प्रसिद्ध नोबेल पुरस्कार २०२४ घोषणा

: विभिन्न ६ विधामा दिइँदै आएको विश्व प्रसिद्ध नोबेल पुरस्कार २०२४ घोषणा गरिएको छ। यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु विश्वमै निकै ठूलो उपलब्धिका रूपमा लिइन्छ। यस पुरस्कार पाउने अनुसन्धानकर्ताहरूले ग्राउन्डब्रेकिङ अनुसन्धान र नवीन आविष्कारहरूका लागि वर्षौं खर्चेका हुन्छन्।



हरेक वर्ष डिसेम्बर १० मा स्विडेनको स्टकहोममा अल्फ्रेड नोबेलको मृत्युको वार्षिकोत्सव मनाउने क्रममा नोबेल पुरस्कार समारोह आयोजना गरिन्छ। स्विडेनका रसायनशास्त्री, इन्जिनियर र आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ मा यो पुरस्कार स्थापना गरेका हुन्। यो पुरस्कार हरेक वर्ष भौतिक विज्ञान, रसायन विज्ञान, चिकित्सा विज्ञान, साहित्य, शान्ति र आर्थिक विज्ञानमा योगदान पुर्‍याएका ब्यक्तिलाई प्रदान गरिँदै आएको छ।

यस वर्ष जम्मा ६ विधामा ११ अनुसन्धानकर्ताहरूलाई र एक सामाजिक संस्थालाई यो पुरस्कार प्रदान गरिएको छ। यस वर्ष विभिन्न विधामा पुरस्कार पाउने व्यक्तित्वहरू यस प्रकार छन्।




१) भौतिकशास्त्रको नोबेल पुरस्कार

सन् २०२४ को भौतिकशास्त्रको नोबेल पुरस्कार जोन जे होपफिल्ड र जेफ्री ई. हिन्टनलाई अक्टोबर ८, २०२४ मा स्टकहोमको स्विडेनमा प्रदान गरिएको छ। मेसिन लर्निङमा आर्टिफिसियल न्युरोल नेटवर्कको प्रयोग सम्बन्धमा उनले योगदान पुर्‍याएका थिए।

२) रसायनशास्त्रमा नोबेल पुरस्कार

रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हासाबिस र जोन जम्परलाई प्रोटिन विज्ञानमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको लागि प्रदान गरिएको छ।

गत अक्टोबर ९ तारिखमा रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले २०२४ को रसायनशास्त्रको नोबेल पुरस्कार तीन जनालाई दिने निर्णय गरेको हो। जसमा डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइनका लागि’, डेमिस हसबिस र जोन एम. जम्परलाई संयुक्त रूपमा ‘प्रोटिन संरचना भविष्यवाणीका लागि’ दिने निर्णय गरेको छ।

३) फिजियोलोजी वा चिकित्सा शास्त्रमा नोबेल पुरस्कार

यस वर्षको फिजियोलोजी वा मेडिसिनको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई दिइएको छ। यो पुरस्कार उनीहरूलाई अक्टोबर ७, २०२४ मा स्टकहोम, स्विडेनमा प्रदान गरिएको थियो।

माइक्रोआरएनएको ग्राउन्डब्रेकिङ खोज र पोस्ट–ट्रान्सक्रिप्सनल जिन नियमनमा यसको महत्त्वपूर्ण भूमिकाका लागि पुरस्कार प्रदान गरिएको बताइएको छ। उनीहरूको अनुसन्धान १९८० को अन्त्यमा सुरु भएको बताइएको छ।

४) साहित्यमा नोबेल पुरस्कार

सन् २०२४ को साहित्यमा नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई दिइएको छ। उनले ‘ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको कमजोरीलाई उजागर गर्ने तीव्र काव्यात्मक गद्य’ का लागि अक्टोबर १० मा स्टकहोम, स्विडेनमा पुरस्कार घोषणा गरिएको थियो।

५) नोबेल शान्ति पुरस्कार

सन् २०२४ को नोबेल शान्ति पुरस्कार अक्टोबर ११ मा नर्वेको ओस्लोमा निहोन हिडान्क्योलाई प्रदान गरिने भएको छ। आणविक बमबाट बाँचेकाहरू (हिबाकुशा) सम्बन्धी काम गर्ने यो जापानी संगठनलाई आणविक हतियारमुक्त संसार निर्माण गर्ने प्रयास र आणविक हतियारहरू फेरि कहिल्यै प्रयोग गर्न नहुने सम्बन्धमा उनीहरूले गरेको कामका लागि प्रदान गरिएको हो। संस्थाले आणविक युद्धको विनाशकारी नतिजाहरूको बारेमा जागरूकता बढाउन व्यक्तिगत कथाहरूलाई दर्शाएको छ।

६) आर्थिक विज्ञानमा नोबेल पुरस्कार

कसरी संस्थाहरू गठन हुन्छन् र समृद्धिलाई प्रभाव पार्छन् भन्ने अध्ययनका लागि आर्थिक विज्ञानमा २०२४ को नोबेल पुरस्कार डरोन एसेमोग्लु, साइमन जोन्सन र जेम्स ए रोबिन्सनलाई प्रदान गरिएको छ। यो घोषणा अक्टोबर १४, २०२४ मा स्विडेनको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो आक्रमण त्यस समयमा भएको हो जब १५ दिनअघि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको क्षेत्रीय युद्धको बीचमा इजरायलको विनाशकारी आक्रमण जारी छ । शुक्रबार राति भएको उक्त आक्रमण बिन्त ज्बेल जिल्लाको बुर्ज ...
। इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ । इरानले बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण गरेको हो । इरानी मिसाइल दूतावासको भवनमा ठोक्किएर आकाशमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । समाचारमा मिसाइल आक्रमणबाट पुगेको क्षतिको विवरण प्राप्त नभएको उल्लेख छ । समाचार एजेनसी एसोसिएटेड प्रेस (एपी) ले इरानी मिसाइल अमेरिकी दूतावास ...
: अमेरिका र इरानबीचको तनाव चरम सीमामा पुगेका बेला अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा गरेको छ। अमेरिकाले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'का मुख्य नेताहरूको बारेमा जानकारी दिने जो कोहीलाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी विदेश मन्त्रालयद्वारा ...
ट्रम्पले इरान अहिले अमेरिकाको अगाडि पूर्ण रूपमा हारिसकेको र सम्झौताका लागि तयार भएको दाबी
: गत फेब्रुअरी २८ मा सुरु भएको इरानी भू–भागमा अमेरिकी र इजरायली हवाई आक्रमणको बदला लिन इरानले खाडी क्षेत्रभरि सैन्य र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । जुन युद्धको असर अव खाडीमुलुक साउदी अरबमा पनि देखा परेको छ । इरानले अमेरिकाको संग्लनता भएको क्षेत्रमा केही दिनदेखि हवाई आक्रमण तीब्र पारेको छ । ...