मुख्य समाचार
निगमले असोज महिनाको किस्ताबापत बुझायो ५३ करोड
निगमले असोज महिनाको किस्ताबापत बुझायो ५३ करोड

: नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइबडी जहाजको असोज महिनाको किस्ता बुझाएको छ। अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो।

लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असोज महिनाको किस्ता बापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको विज्ञप्तिमार्फत जनाएको छ।


निगमले समीक्षा अवधिसम्ममा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ। निगमले कोरोना भाइरसको कारणले व्यापारमा प्रतिकूल असर परेको भन्दै सो अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध पत्र पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित भई आएका सार्वजनिक निजी साझेदारी मोडेलका सम्भव सबै परियोजनालाई अघि बढाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको सार्वजनिक तथा निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसारको अनुगमन तथा सहजीकरण समितिको १२औं बैठकमा अर्थमन्त्री खनालले काम गर्न सकिने जति परियोजनाहरुलाई अघि बढाउन निर्देशन दिएका हुन् ...
— चिनियाँ पक्षले डिजाइन फाइनल गरिसके पनि नेपाल सरकारले कर छुटसम्बन्धी निर्णय नलिँदा चक्रपथ दोस्रो खण्ड विस्तार परियोजना अगाडि बढ्न सकेको छैन । सुरुका दिनमा चिनियाँ पक्षले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन भने अहिले नेपाल सरकारले समयमै नीतिगत निर्णय गर्न नसक्दा ढिलाइ भइरहेको हो । कर छुटसम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइसकिएको भौतिक पूर्वाधार तथा यातायात ...
— सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत स्वीकृत हुने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को सीमा हटाएको छ । यसअघि स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्मको मात्रै एफडीआई स्वीकृत हुने गरेको थियो । यही ८ माघमा बसेको मन्त्रिपरिषद् बैठकले स्वचालित मार्गबाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृत दिने निर्णय गरेको थियो । ‘तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्गबाट ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न पाउने व्यवस्थाले व्यवसायीहरूलाई समस्या भएको भन्दै नगद कारोबारको सीमा बढाउन आग्रह गरे। बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा पाँच लाखसम्म मात्रै नगद कारोबार गर्न ...
दाङको पहिचान बन्दै बधिया भाले, फस्टाउँदै व्यापार
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम