मुख्य समाचार
नयाँ प्रविधिको ऊर्जा किन्न गुगलले गर्‍यो विश्वकै पहिलो सम्झौता
नयाँ प्रविधिको ऊर्जा किन्न गुगलले गर्‍यो विश्वकै पहिलो सम्झौता

सूचना प्रविधि तथा इन्टरनेट क्षेत्रको दिग्गज कम्पनी गुगलले गत सोमबार विश्वकै पहिलो यस्तो कर्पोरेट सम्झौता गरेको छ, जसको उद्देश्य धेरैवटा साना मोडुलर रिएक्टर (small modular reactor) अर्थात एसएमआरबाट विद्युत ऊर्जा खरिद गर्नु रहेको छ ।

कम्पनीले यसको मद्दतले आर्टिफिसियल इन्टेलिजेन्सको ऊर्जा मागलाई पूरा गर्नेछ ।


गुगलले Kairos Power कम्पनीसँग उक्त सम्झौता गरेको हो । काइरोसले सन् २०३० सम्ममा आफ्नो पहिलो एसएमआर बजारमा ल्याउनेछ । त्यसपछि सन् २०३५ सम्ममा अघिल्लो मोड्युलरलाई जोडिनेछ ।

गुगल र काइरोस पावरबीच भएको पछिल्लो सम्झौताका विस्तृत वित्तीय विवरणहरू हालसम्म सार्वजनिक भने गरिएको छैन । तथापि उक्त सम्झौता अनुसार यी रिएक्टर प्लान्टहरु अमेरिकामा तयार गरिनेछ, जसबाट एआई प्रणालीका लागि आवश्यक उर्जाको आपूर्ति गरिनेछ ।




५०० मेगावाटको ऊर्जा माग

गुगलका अनुसार उसले कूल ५०० मेगावाट बिजुलीका लागि काइरोससँग उक्त सम्झौता गरेको हो । ७ वटा एसएमआरबाट उक्त ऊर्जा प्राप्त हुनेछ । एसएमआर अहिले उपलब्ध आणविक रिएक्टरको तुलनामा निकै सानो आकारका हुनेछन् ।

स्मरण रहोस् विभिन्न प्रविधि कम्पनीहरुले पछिल्लो समयमा आणविक ऊर्जा उत्पादक कम्पनीहरुसँग साझेदारी गरिरहेका छन् ।

एआई सिस्टमका लागि आकस्मिक रुपमा निकै धेरै ऊर्जाको माग हुन थालेको छ । जसलाई पूरा गर्नका लागि ठूलो परिमाणको तथा दीगो ऊर्जा उत्पादकसँग प्रविधि कम्पनीहरुले सहकार्य थालेका छन् ।

गत मार्च महिनामा अमेजनले टालेन इनर्जी कम्पनीबाट न्युक्लियर पावर डेटा सेन्टर खरीद गरेको थियो । त्यस्तै गत महिना माइक्रोसफ्ट र कन्स्टेलेसन इनर्जीबीच ऊर्जा सम्झौता भएको थियो, जसअन्तर्गत माइक्रोसफ्टले कन्स्टेलेसन इनर्जीबाट आणविक ऊर्जा प्राप्त गर्नेछ ।

आफ्नै एआई तयार गर्दै प्रविधि कम्पनीहरू

गुगल, माइक्रोसफ्ट तथा एप्पल लगायतका विभिन्न कम्पनीहरुले एआई प्रविधिमा काम गरिरहेका छन् ।

भविष्यको मागलाई दृष्टिगत गर्दै अधिकांश कम्पनीहरुले एउटा एआई सिस्टम तयार गर्न चाहन्छन्, जो अन्य कम्पनीहरुभन्दा अधिक समृद्ध तथा सटिक होस् ।

मोड्युलर रिएक्टर के हो ?

लघु मोड्युलर रिएक्टर अर्थात् एसएमआर एक प्रकारको परमाणु रिएक्टर हो जुन पारम्परिक परमाणु ऊर्जा संयन्त्रको तुलनामा सानो आकारको हुन्छ भने निकै अत्याधुनिक तथा समृद्ध प्रविधिले युक्त बनाइन्छ ।

एउटा एसएमआरको बिजुली उत्पादन क्षमता ३ सय मेगावाट सम्म हुन्छ । यसलाई कारखाना आदिमा निर्माण गर्न सकिन्छ र कुनै अर्को ठाउँमा पनि सार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अवधारणाको बर्खिलाप गरेको र यसले विज्ञापन उद्योगलाई नै धराशायी बनाउने संकेत देखिएको छ। यसै सन्दर्भमा नेपाल विज्ञापन संघका अध्यक्ष ...
: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा ...
। एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ। सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो। यो सुरक्षा प्याच विशेष गरी आइफोन ...
— सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसहित बसेको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् । यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरू भएको छ ...
। अमेरिकाको क्यालिफोर्निया राज्यको एक जूरीले सामाजिक सञ्जाल प्लेटफर्महरू मेटा र युट्युबलाई एक युवतीलाई जानीजानी लत लगाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएकोमा दोषी ठहर गरेको छ । मेटा र युट्युबले आफ्ना प्लेटफर्मका जोखिमहरूबारे प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको र त्यसबाट प्रयोगकर्तालाई गम्भीर क्षति पुगेको ठहर गरेको हो । सीएनएनका अनुसार यो मुद्दा २० वर्षीया क्यालिफोर्नियाकी एक ...