मुख्य समाचार
‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा
‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा

। हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को नयाँ श्रृंखलालाई लिएर विश्वभर प्रतीक्षा भैरहँदा यसबारे नयाँ अपडेट छ । अभिनेता टम हल्याण्डले फिल्मको स्क्रिप्ट पढ्न सुरु गरेका छन् ।

यसको अर्थ, नयाँ सिक्वेलमा पनि हल्याण्ड देखिने निश्चित छ । आगामी श्रृंखला हल्याण्डको चौंथो स्पाइडरम्यान फिल्म हुनेछ । भेराइटी म्यागजिनले अभिनेत्री जेन्डायासँग मिलेर टमले स्क्रिप्ट पढिरहेको समाचार लेखेको छ ।



‘रिच रोल पडकास्ट’लाई अन्तर्वार्ता दिँदै हल्याण्डले आफूले आगामी फिल्मको स्क्रिप्टको ड्राफ्ट पढेको बताएका हुन् । ‘अझै काम गर्नुपर्ने जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन्’ उनले भने ।

यसअघि ‘साङ् ची एन्ड द लिजेन्ड अफ द टेन रिङ्स’ फेम्ड निर्देशक डेस्टिन डेनियल क्रेटनले स्पाइरडम्यानको आगामी श्रृंखलालाई निर्देशन गर्ने खुलासा यसअघि नै भैसकेको छ । अभिनेता हल्याण्डले अभिनय गरेका अघिल्ला तीन फिल्मलाई जोन वाट्सले निर्देशन गरेका थिए ।



‘एउटा कुरा यो हो कि, मार्वलसँग फिल्म गर्नु भनेको ठूलो मेसिनमा सानो पेचकस राख्नु हो’ स्पाइडरम्यान ५ को विकासबारे हल्याण्डले भने, ‘त्यो मेसिन चलिरहनुपर्छ । सहि समयमा सहि फाइदा लिने कुरामा तपाईंले निश्चित गर्नुपर्छ । यो हामीले सामना गरिरहेका चुनौतीमध्ये एक हो ।’

उनले स्क्रिप्टलाई उत्कृष्ट भएको बताए । ‘हामीसँग जुन ड्राफ्ट छ त्यो निकै उत्कृष्ट छ । यसमाथि अझै काम गर्न जरुरी छ । लेखकले निकै राम्रो काम गरिरहेका छन् । मैले यसलाई तीन साताअघि पढेको थिएँ र यसले मभित्र ऊर्जा भर्‍यो । जेन्डाया र बसेर यसलाई पढ्थ्यौं । यो वास्तविक फिल्म हो जुन प्रशंसकमाझ सम्मानको हकदार छ ।’

हल्याण्डले यसअघि सन् २०१७ को फिल्म ‘स्पाइरम्यान : होम कमिङ’, सन् २०१९ को ‘स्पाइडरम्यान : फार फ्रम होम’ र सन् २०२१ मा ‘स्पाइडरम्यान : नो वे होम’मा काम गरिसकेका छन् । उनले मार्वलको ब्लकबस्टर फिल्म ‘एभेन्जर्स एण्डगेम’मा पनि अभिनय गरेका छन् । मार्वल सिनेम्याटिक युनिभर्समा जेन्डायले एमजे नामक रोलमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ९ करोड भारुको ऋण र चेक बाउन्सको मुद्दामा तिहाड जेल जानु अघि राजपाल यादवले आफ्नो कुरा राखेका थिए । उनले आफू आर्थिक संकटमा परेको र मद्दत माग्न जाने ठाउँ समेत नभएको बताएका थिए । यस्तो अप्ठ्यारो समयमा अभिनेता सोनू सूद उनको सहारा बनेका छन् । सोनूले राजपाललाई एउटा फिल्मको प्रस्ताव दिने जनाउँदै तुरुन्तै केही ‘साइनिङ ...
। पपस्टार ब्रिट्नी स्पीयर्सले आफ्नो सम्पूर्ण संगीत सूची (क्याटलग) का अधिकार बिक्री गरेकी छन् । ४४ वर्षीया गायिकाले ३० डिसेम्बरमा स्वतन्त्र संगीत प्रकाशक कम्पनी ‘प्राइमरी वेभ’ लाई करिब २० करोड अमेरिकी डलरमा अधिकार बेचेको बताइएको छ । लामो समयसम्म ‘कन्जरभेटरशिप’ को व्यवस्थामा रहेकी स्पीयर्सको व्यक्तिगत र पेशागत जीवन त्यसबाट प्रभावित भएको थियो । उनी बेबी वान ...
। बेरिटो एन्टोनियो मार्टिनेज ओकासियो, जसलाई संसारले ‘ब्याड बनी’ भनेर चिन्छ, अहिले निकै चर्चामा छन् । प्युर्टो रिकोका यी चर्चित गायक तथा र्‍यापरले यसै वर्ष आफ्नो पहिलो ग्रामी अवार्ड त जिते नै, तर अहिले ‘सुपर बाउल हाफटाइम’ मा उनले दिएको १३ मिनेटको प्रस्तुतिले झनै तहल्का मच्चाएको छ । उनको यो प्रस्तुतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ...
। बलिउड अभिनेता राजपाल यादवले दिल्ली उच्च अदालतले चेक बाउन्स मुद्दामा उनको सजायसम्बन्धी समयसीमा थप गर्न अस्वीकार गरेपछि तिहाड जेल प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन् । ‘उहाँले बिहीबार अपराह्न ४ बजे जेल प्रशासनसमक्ष सरेन्डर गर्नुभयो । अब जेल प्रशासनले तोकिएको मानक कार्यविधि अनुसार प्रक्रिया अघि बढाउनेछ’ जेल स्रोतले भन्यो । यो मुद्दा चेक बाउन्ससँग सम्बन्धित हो, जसमा हालै ...
: नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापाको अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिअघि वरिष्ठ अभिनेता थापाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार चलचित्र विकास वोर्डमा राखिएको थियो । बोर्डमा पुगेर कलाकार,चलचित्र क्षेत्रका व्यक्ति,शुभेच्छुकलगायतले थापाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई शनिबार बिहान हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो । लगत्तै अस्पतालले ...