मुख्य समाचार
खाना भत्ता डण्डिफोरको उपचारमा खर्च गरेपछि फेसबुकले बर्खास्त गर्‍यो २ दर्जन कर्मचारी
खाना भत्ता डण्डिफोरको उपचारमा खर्च गरेपछि फेसबुकले बर्खास्त गर्‍यो २ दर्जन कर्मचारी

कम्पनीले खाना भत्ताबापत दिएको रकम कपडा धुने डिटरजेन्ट, वाइन गिलास र डण्डिफोर उपचार प्याडको खरिदमा खर्चिने करिब दुई दर्जन कर्मचारीलाई फेसबुकको मातृ कम्पनी मेटाले बर्खास्त गरेको छ ।

लस एन्जल्सस्थित कार्याल्यमा कार्यरत ती कर्मचारी खाना भत्ताको रकम दुरुपयोग गरेको आरोपमा बर्खास्तीमा परेका हुन् ।




मेटाले आफ्ना ठूला कर्पोरेट कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि आफ्नै भव्य क्याफेटेरियामा नि:शुल्क रुपमा खाना खाने सुविधा दिएको हुन्छ भने सानो आकारका कार्यालयमा कार्यरत कर्मचारीलाई चाहिं ब्रेकफास्ट भत्ताबापत २० डलर र लञ्च तथा डिनर भत्ताबापत २५/२५ डलरको भौचर प्रदान गर्दछ ।

उक्त रकमबाट कर्मचारीले खानेकुरा अनलाइनबाटै कार्यालयमा मगाएर खान सकुन् र काममा बाधा नपुगोस् भन्ने उद्देश्य मेटाको रहेको छ ।




तर, लस एन्जल्सस्थित कार्यालयका कतिपय कर्मचारीहरुले उक्त खाना भत्ताको रकम दुरुपयोग गरेको आन्तरिक अनुसन्धानले देखाएको छ । जसमा ती कर्मचारीहरुले भत्ताबापतको रकम अन्य वस्तुमा खर्च गर्ने तथा कार्यालयको साटो घरमै खानेकुरा मगाउने गरेको पाइएको छ ।

मेटाले कम्पनीको श्रृंखलाबद्ध पुनर्संरचनाका क्रममा कर्मचारीहरू कटौती गर्न लागिरहेको बताइरहेका बेला नै गत साता भएको पछिल्लो बर्खास्तगीको समाचार सार्वजनिक भएको हो ।

खाना भत्ताको रकम दुरुपयोग गर्ने करिब २ दर्जन कर्मचारीलाई हटाइएको बताइएपछि मेटाले यकिन संख्या भने सार्वजनिक गरेको छैन ।

स्मरण रहोस् कर्मचारी कटौतीकै सिलसिलामा मेटाले गत वर्ष २० हजारभन्दा धेरै कर्मचारी कटौती गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
— काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने दोस्रो ‘घर निर्माण फेस्ट’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म फेस्ट आयोजना हुन लागेको हो । फेस्टमा १५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ सय करोड रुपैयाँको कारोबार ...
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्