मुख्य समाचार
२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै
२१ मुलुकका सयभन्दा बढी कलाकार काठमाडौंमा भेला हुँदै

। संगीत, सांस्कृतिक सम्पदा र सिर्जनशिल बुद्धिमत्ताको आदानप्रदान गर्ने उद्देश्यले विभिन्न २१ मुलुकका सयभन्दा बढी कलाकर्मी काठमाडौंमा भेला हुने भएका छन् ।

‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागि हुन नेपालसहित ती मुलुकका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाट्यकर्मी र कला प्राध्यापक नेपाली राजधानीमा जुट्न लागेका हुन् ।


आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा कार्यशाला सुरु हुँदैछ । आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल संगीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले विदेशी सहभागि आउने क्रम जारी रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी छ ।


कार्यशालामा सहभागिले प्रशिक्षणमा भाग लिने र कलाको प्रदर्शन गर्नेछन् । कार्यशालाको उद्देश्य सृजनशील बुद्धिमत्ता, सङ्गीत र सांस्कृतिक सम्पदा र विश्वभर सृजनशीलताको आदान प्रदान गर्नु रहेको उनले जनाए ।

सन् २००७ मा स्थापना भएको ग्लोमसले पहिलो क्याम्प मोजाम्बिकमा गरेको थियो । त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल र डेनमार्कमा हुँदै यो कार्यक्रम नेपालमा हुन लागेको हो ।

‘ग्लोमसले विद्यार्थी तथा प्राध्यापकलाई अवसर मात्र हैन, सिर्जनशिल नागरिकताको वहस र अवसर पनि प्रदान गर्दछ’ आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्व भरका कलाकर्मी समान हुन र उनीहरू विश्व सिर्जनशिल नागरिकताका हकदार हुन भनेर वकालत गर्छ ।’

ग्लोमसले विद्यार्थी केन्द्रित सिकाइलाई प्रवर्धन गर्नुका साथै विभिन्न देशको विद्यार्थी प्रतिनिधिको साझेदारीमा मद्दत पु¥याउने जनाइएको छ । कार्यशालामा नेपालबाट २०० भन्दा धेरै सहभागि हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...