मुख्य समाचार
नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेल अगावै जित्यो सिरिज
नेपालले अमेरिकालाई सुपरओभरमा हरायो, एक खेल अगावै जित्यो सिरिज

: नेपालले अमेरिकाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। आइतबार डालासमा भएको टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो।



यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै अनिल साहले २५, गुल्शन झाले १९ र रोहित पौडेलले १८ रन बनाए।

जवाफी ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल टाइ भएको थियो। अमेरिकाका लागि एन्ड्रीज गौजले सर्वाधिक ६२ रन बनाए। त्यस्तै सैतेजा मुक्कामालाले ४७, मिलिन्द कुमारले १५ र सयान जहगिंरले १४ रन बनाए। नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई १७ रनले हराएको थियो।

सुपर ओभरमा के भयो ?

सुपर ओभरमा सोमपाल कामीले धारिलो बलिङ गर्दै ४ बलमा अमेरिकाको २ विकेट लिन सफल भएका हुन्। अमेरिकाले सुपर ओभरमा चार बल ३ रनको चुनौती दिएको थियो।

ब्याटिङमा उत्रिएका अमेरिकाका आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले लगातार तेस्रो र चौथो बलमा आउट गरेका थिए।तेस्रो बलमा सोमपालले सायानलाई बोल्ड गरेका थिए । लगतै चौथो बलमा सोमपालले जोन्सलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका हुन् ।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको नेपालले ४ बल खेल्दै जित निकालेको हो। पहिलो र दोस्रो बलमा १/१ रन जोडेको नेपालले तेस्रो बल डट फालेको थियो। चौथो बलमा रन जोड्दै नेपालले सिरिज उचालेको हो।

nullसुपर ओभरमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेलले ब्याटिङ गरेका थिए। यो सँगै नेपालको आजको खेलमा सोमपाल नायक बने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित