मुख्य समाचार
प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण : नेतान्याहुले भने- मलाई मार्न खोज्नु हिजबुल्लाहको ठूलो गल्ती
प्रधानमन्त्री नेतान्याहुको निजी निवासमा ड्रोन आक्रमण : नेतान्याहुले भने- मलाई मार्न खोज्नु हिजबुल्लाहको ठूलो गल्ती

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गृहनगर सिजारियामा हिजबुल्लाहले ड्रोन आक्रमण गरेको छ। यस ड्रोन आक्रमणमा प्रधानमन्त्री नेतन्याहुको निजी निवास निशाना भएको सञ्चारमाध्यमहरुमा जनाइएको छ।



नेतान्याहु र उनकी पत्नी सारा हमलाको समयमा घरमा थिएनन्। ड्रोन सिजरियाको एक भवनमा खसेको र त्यसबाट कुनै हताहत नभएको सञ्चारमाध्यममा उल्लेख छ।

यसबारे नेतन्याहुले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन्,‘म र मेरी श्रीमतीलाई मार्ने प्रयास हिजबुल्लाहको ठूलो गल्ती हो। इजरायली नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्नेहरूले परिणाम भोग्नुपर्नेछ।'



इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार लेबनानबाट इजरायलमा तीन ड्रोन प्रहार गरेको बताएको छ। इजरायली सेनाले २ ड्रोन खसालेका छन् । आक्रमण पछि, गिलोट सैन्य आधारमा अलार्म बजेको थियो।

आईडीएफले वायु रक्षा प्रणालीद्वारा आक्रमण रोक्न असफल भएको स्वीकार गरेको छ। ड्रोन आक्रमणको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो आक्रमण त्यस समयमा भएको हो जब १५ दिनअघि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको क्षेत्रीय युद्धको बीचमा इजरायलको विनाशकारी आक्रमण जारी छ । शुक्रबार राति भएको उक्त आक्रमण बिन्त ज्बेल जिल्लाको बुर्ज ...
। इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ । इरानले बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण गरेको हो । इरानी मिसाइल दूतावासको भवनमा ठोक्किएर आकाशमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । समाचारमा मिसाइल आक्रमणबाट पुगेको क्षतिको विवरण प्राप्त नभएको उल्लेख छ । समाचार एजेनसी एसोसिएटेड प्रेस (एपी) ले इरानी मिसाइल अमेरिकी दूतावास ...
: अमेरिका र इरानबीचको तनाव चरम सीमामा पुगेका बेला अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा गरेको छ। अमेरिकाले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'का मुख्य नेताहरूको बारेमा जानकारी दिने जो कोहीलाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी विदेश मन्त्रालयद्वारा ...
ट्रम्पले इरान अहिले अमेरिकाको अगाडि पूर्ण रूपमा हारिसकेको र सम्झौताका लागि तयार भएको दाबी
: गत फेब्रुअरी २८ मा सुरु भएको इरानी भू–भागमा अमेरिकी र इजरायली हवाई आक्रमणको बदला लिन इरानले खाडी क्षेत्रभरि सैन्य र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । जुन युद्धको असर अव खाडीमुलुक साउदी अरबमा पनि देखा परेको छ । इरानले अमेरिकाको संग्लनता भएको क्षेत्रमा केही दिनदेखि हवाई आक्रमण तीब्र पारेको छ । ...