मुख्य समाचार
आईएमएफले गरिब देशलाई वार्षिक ५ खर्ब निर्ब्याजी ऋण पुर्‍याउने
आईएमएफले गरिब देशलाई वार्षिक ५ खर्ब निर्ब्याजी ऋण पुर्‍याउने

। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरिब देशहरूलाई वार्षिक रूपमा उपलब्ध गराउने निर्ब्याजी ऋण करिब ५ खर्ब रुपैयाँ पुर्‍याउने भएको छ ।

हालै आईएमएफको कार्यकारी बोर्डले गरिबी न्यूनीकरण तथा वृद्धि कोष (पीआरजीटी) को समीक्षा गर्दै यस्तो निर्णय गरेको आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिन गोर्जिएभाले जानकारी दिइन् ।


आईएमएफले यो कोषमार्फत न्यून आय भएका मुलुकलाई निर्ब्याजी ऋण दिने गरेको छ । खासगरी भुक्तानी सन्तुलन लगायत समस्या भएका गरिब मुलुकहरूले यस्तो सुविधा पाउने छन् ।

नेपालले पनि पीआरजीटीअन्तर्गत नै विस्तारित कर्जा सुविधा (ईसीएफ) शीर्षकमा करिब ४० करोड अमेरिकी डलर बराबर निर्ब्याजी रूपमा लिएको छ । दुई वर्षअघि तीव्र रूपमा विदेशी मुद्राको सञ्चिति घटिरहँदा नेपालले त्यो सुविधा लिएको थियो ।



यो सुविधा लिँदा नेपालले गरेको प्रतिबद्धताअनुरूप आर्थिक तथा वित्तीय क्षेत्र सुधारका विभिन्न कामहरू भइरहेका छन् ।

‘कार्यकारी बोर्डले पारित गरेको प्याकेजले आगामी पाँच वर्षका लागि थप ८ अर्ब अमेरिकी डलर थप अनुदान दिने स्रोत जुट्ने गरी आईएमएफको आय बढेको छ, गत वर्षको आर्थिक स्रोत संकलनसमेत गरेर अब आईएमएफले वार्षिक ३.६ अर्ब अमेरिकी डलर दीर्घकालीन सहुलियतपूर्ण कर्जा दिन सकिने भएको छ, यो कोभिडअघिको तुलनामा दोब्बर हो,’ प्रबन्ध निर्देशक गोर्जिएभाले भनेकी छन् ।

न्यून आय भएका मुलुकहरू गम्भीर र अभूतपूर्ण धक्काको सामना गरिरहेको र उनीहरूलाई ठूलो वित्तीय सहायता आवश्यक रहेको उनको भनाइ छ ।

‘आईएफएफको कोषमा भएको सुधारले भिन्नभिन्नै आवश्यकता भएका देशहरूको मागलाई सम्बोधन गर्न सहयोग पुग्नेछ, दुर्लभ सहुलियतपूर्ण स्रोतहरूलाई सबैभन्दा आवश्यक भएकमा देशलाई निर्ब्याजी दिँदा उनीहरूलाई जोमिखबाट बचाउन मद्दत गर्ने छ,’ गोर्जिएभाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिणी लेबनानको एक स्वास्थ्य केन्द्रमा इजरायलले गरेको आक्रमणमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले घटनाको पुष्टि गरेको छ । यो आक्रमण त्यस समयमा भएको हो जब १५ दिनअघि अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको क्षेत्रीय युद्धको बीचमा इजरायलको विनाशकारी आक्रमण जारी छ । शुक्रबार राति भएको उक्त आक्रमण बिन्त ज्बेल जिल्लाको बुर्ज ...
। इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ । इरानले बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल आक्रमण गरेको हो । इरानी मिसाइल दूतावासको भवनमा ठोक्किएर आकाशमा धुँवाको मुस्लो देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । समाचारमा मिसाइल आक्रमणबाट पुगेको क्षतिको विवरण प्राप्त नभएको उल्लेख छ । समाचार एजेनसी एसोसिएटेड प्रेस (एपी) ले इरानी मिसाइल अमेरिकी दूतावास ...
: अमेरिका र इरानबीचको तनाव चरम सीमामा पुगेका बेला अमेरिकी सरकारले इरानी सैन्य कमाण्डर र उच्चपदस्थ नेताहरूको सूचना दिनेलाई पुरस्कारकाे घोषणा गरेको छ। अमेरिकाले इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स'का मुख्य नेताहरूको बारेमा जानकारी दिने जो कोहीलाई १ करोड अमेरिकी डलर (करिब १ अर्ब ३३ करोड नेपाली रुपैयाँ) सम्मको पुरस्कार दिने घोषणा गरेको हो। अमेरिकी विदेश मन्त्रालयद्वारा ...
ट्रम्पले इरान अहिले अमेरिकाको अगाडि पूर्ण रूपमा हारिसकेको र सम्झौताका लागि तयार भएको दाबी
: गत फेब्रुअरी २८ मा सुरु भएको इरानी भू–भागमा अमेरिकी र इजरायली हवाई आक्रमणको बदला लिन इरानले खाडी क्षेत्रभरि सैन्य र नागरिक प्रतिष्ठानहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । जुन युद्धको असर अव खाडीमुलुक साउदी अरबमा पनि देखा परेको छ । इरानले अमेरिकाको संग्लनता भएको क्षेत्रमा केही दिनदेखि हवाई आक्रमण तीब्र पारेको छ । ...