मुख्य समाचार
जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, सवैभन्दा धेरै टोक्योमा
जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, सवैभन्दा धेरै टोक्योमा

। जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख ६ हजार पुगेको छ ।

जापानको न्याय मन्त्रालयले सन् २०२४ को जुनमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको संख्या पछिल्लो एक वर्षमा ३० हजार बढेको छ ।

नेपालीको संख्या पछिल्लो ४ वर्षमा दोब्बर बढेको हो । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन् २०२२ मा १ लाख ३९ हजार ३९३ जना पुगेका थिए ।

सन् २०२३ मा १ लाख ७६ हजार ३३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको हो ।

जापानमा नेपालीहरु भाषा अध्ययन, उच्च शिक्षा अध्ययन र रोजगारीकै लागि पुग्ने गरेका छन् । नेपालीहरु उत्पादन, नर्सिङ केयर, कृषि र सेवा क्षेत्रमा कार्यरत छन् ।

जापानको कुन ठाउँमा कति नेपाली बस्छन?

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सवैभन्दा धेरै अर्थात ४३ हजार नेपालीहरू टोक्योमा बस्ने गर्छन । त्यसपछि ओसाका र चिवामा धेरै नेपालीहरु बसोबास गर्छन । ठाउँअनुसारको पूरा सूची यस्तो छ-

Tokyo- 43,148
Osaka- 17,398
Chiba- 16,999
Aichi- 16,750
Fukuoka- 16,191
Saitama- 14,066
Kanagawa- 13,631
Hyogo- 7,963
Gunma- 5,587
Shizuoka 5,502
Okinawa- 4,873
Kyoto- 4,667
Ibaraki- 3,425
Tochigi- 3,414
Miyagi- 3,099
Mie- 2,723
Hokkaido- 2,453
Gifu- 2,437
Hiroshima- 2,427
Kumamoto- 1,602
Nagasaki- 1,426
Okayama- 1,399
Nagano- 1,393
Saga- 1,207
Fukushima- 1,175
Oita- 1,115
Nigata- 972
Yamaguchi- 961
Yamanashi- 954
Nara- 891
Kagoshima- 732
Siga- 694
Ishikawa- 650
Kagawa- 523
Ehime- 484
Miyazaki- 460
Wakayama- 439
Toyama- 403
Fukui- 403
Iwate- 308
Shimane- 273
Tokushima- 272
Yamagata- 229
Aomori- 224
Tottori- 205
Kochi- 143
Akita- 139
unknown- 469

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य ...
— ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मंगलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ । चिनियाँ ...
। व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो । दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै सम्मेलनको तयारीका साथै लामो ...
— ७ मार्च १९६१ मा नारा क्षेत्रको यामाटोकोरियामा शहरमा एक मध्यमवर्गीय परिवारमा ताकाइचीको जन्म भएको थियो । उनका बाबु दाईक्यु ताकाइची टोयटा ब्रान्डसँग आबद्ध एक अटोमोबाइल कम्पनीमा काम गर्थें । आमा काचुको ताकाइची नारा क्षेत्रको प्रहरी दस्तामा थिइन् । उनले नारा क्षेत्रीय यनिवी हाईस्कुलबाट उच्च शिक्षा हासिल गरेकी हु्न् । त्यसपछि उनले कोवे विश्वविद्यालयमा पढ्न थालिन् ...
। अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं ...